arrow

म्यानचेष्टर डर्बी: अग्वेरोलाई 'हेडबट' गरेपछि फेलानीलाई रेडकार्ड, खेल बराबर

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
FellanI_headbutt_aguero.jpg

लण्डन। प्रिमियर लिग फुटबल अन्तर्गत बहुप्रतिक्षित खेल म्यानचेष्टर डर्बी गोलरहित बराबरीमा सकिएको छ। म्यानचेष्टर युनाईटेड र म्यानचेष्टर सिटी बिचको खेलमा तनावपुर्ण रहेको थियो। 

दुवै पक्षबाट गोलका राम्रा प्रयासहरु भएता पनि गोल भने हुन सकेको थिएन। तातिएको माहोलमा जारि खेलमा युनाईटेडका फेलानीले रेड कार्ड खाएका थीए। उनले सिटीका अग्वेरोलाई टाउकोले हानेर लडाए पछि रातो कार्ड पाएका थिए। 

खेलको अन्त तिर सिटीका जिससले गोल गरेपनि लाईन्सम्यानले अफसाईड दिएपछि खेल बराबरीमा सकिएको थियो। यो बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्। 

सिटी ३३ खेलमा ६५ अंक सहिर चौथो स्थानमा रहेको छ भने युनाईटेडको ६४ अंक रहेको छ। चेल्सी ७८ अंक सहित पहिलो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ