arrow

तराईका जिल्लामा सेटीङ तस्करीमा संलग्नहरुको नालिवेली, डिआइजी केसी भन्छन आत्तिएका तस्करले हल्ला मच्चाए

logo
दिपेन्द्र चौहान
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
Ganesh_KC.jpg

वीरगंज। मध्यक्षेत्रका जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी र धनुषाबाट तस्करीको ‘लाईन’खोलिएको तथ्य सार्वजनिक भएको छ । मुलुकको तरल अवस्था र अन्यौलग्रस्त राजनीतिक परिवेसको फाईदा उठाउदै तस्करीको ‘लाईन’खोलेको व्यवसायीहरुबीच चर्चा छ।  

मध्य  क्षेत्रका प्रहरी प्रमुख  डिआईजी गणेश केसीलाई समेत तुस्करीको यो घटनाक्रममा जोडेर हेर्न थालिएको छ । तर केसी भने तस्करी रोक्ने कार्यलाई कडाइ गर्दा आफूमाथि तस्करहरुको नेटवर्क नै अफवाह फैलाउन लागेको बताउँछन। 

पर्सा जिल्लाको भिखमपुर, सेढवा, भिस्वा, श्रीसिया, भकुवा, इनर्वा नाका अहिले तस्करहरुको लागि खुल्ला गरिएको छ । स्रोतका अनुसार वीरगंजबाट हरिन्द्र पटेल साझा ट्रान्सपोर्ट, हरदेव यादव र रुन्चे मदनले महाशक्ति ट्रान्सपोर्ट मार्फत कपडा काठमाण्डौ र पोखरा पठाउने गरेका छन् । धमेन्द्र र लखीचन्दले चल्ला तस्करी गरेर नेपालको पोल्ट्री व्यवसायलाई धराप बनाएका छन् । वीरगंजबाट मुन्ना शम्भु प्रसाद, मुन्ना मियाँले पनि छुट्टै तस्करीको ‘लाईन’ चलाईरहेका छन् । भिस्वा र जानकीटोला नाकाबाट भारतीय छड, सिमेन्ट र मिठा भित्रिदैछ भने यताबाट काठ र गिटीको अवैध निकासी भइरहेको छ । 

अञ्चल प्रहरी कार्यालयका घुमुवा हवल्दार महम्मद हुसेन, जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवाहरु प्रहरी हवल्दार बिजय यादव, प्रहरी हवल्दार सत्यनारायण मिश्रा, प्र.ज. नन्दन मण्डल र प्र.ज. राम कुमार गुप्ताले तस्करहरुसंग रकम असुलेर हाकिम कहाँ पुर्‍याउने जिम्मा लिएको एक व्यवसायिले नाम उल्लेख नगर्ने शर्तमा बताए । 

बाराको मटिअर्वा, बरैनिया, छतवा, कचोर्वा र मुसहरवा नाका खुल्ला गरिएको छ । तस्कर फुलेना साह, सोनालाल साह, छेना यादवलाई कपडाको, उपेन्द्र तुरहा, मुकेश साह तुरहालाई सुर्ती खैनी र रजनीगन्धा गुटखाको, मुन्ना कुशवाहालाई हार्डवेयर र बिनोद साह कलवारलाई इलेक्ट्रोनिक्स समान भित्र्याउन लाईन दिइएको छ । 

बाराको देउरहवा, बिसुनपुरवा, बतरा, नौतनमा अवैध रक्सीको भट्टी संचालन गरिएको छ । बिहारमा रक्सी प्रतिबन्धित भएकोले दैनिक हजारौ लिटर रक्सी भारततर्फ निकासी हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटेका घुमुवा प्र.ह. नथुनी साह, प्र.ज. प्रमोद कंकर, प्र.ज. संदीप पासवान, प्र.ज. रमेश झाको टोली पैसा असुलेर बाराका एस.पी. नरेन्द्र उप्रेतीलाई दिने गरेको आरोप पनि स्थानियहरुले लगाउने गरेका छन् । केही दिन अगाडी तस्करहरुको समान खोस्न गएका बाराका प्रहरीहरु मटिअर्वा नाकामा तस्करहरुबाट कुटाइ खाएर लखेटिनु परेको थियो । 

रौतहटबाट शम्भु साह, सुनिल साह, मनोज साह, सुरेश यादव, र सुनिल जैसवाललाई कपडा, मोतिम अंसारी र जयमंगल साहलाई भारतीय कुखुराको चल्ला र अमरजीतलाई हार्डवेयरको ‘लाईन’प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका घुमुवा प्र.ह. प्रमोद सिंह, प्र.ह. फिरोज मंसुर आलम, प्र.ह. श्यामसुन्दर साह, प्र.ह. जितेन्द्र महतोले पैसा उठाएर हाकिमलाई दिने जिम्मेवारी पाएको स्वयं प्रहरी कर्मचारी बताउँछन्। 

सर्लाही जिल्लाको मुख्य भंसार नाकाबाट मेथुर साह, गोपाल अग्रवाल, राज कुमार गुप्ता, मुख्तार मियाँ, रामबाबु यादव, श्यामबाबु साह, रामबाबु साहले कपडा, हार्डवेयर, सुर्ती, गुटखा रजनीगन्धा भित्र्याउने ‘लाईन’ पाएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पैसा असुलीको लागि प्र.ह. संजय पासवान र प्र.ज. जयमंगल रायलाई खटाएको स्थानिय व्यवसायीहरु बताउँछन। 

महोत्तरी जिल्लाबाट भारततर्फ व्यापक लागु औषध गाँजा निकासी भइरहेको छ । भोला साह, लक्ष्मी चौधरी, लक्ष्मण मण्डल गोपाल साह र हरी मण्डल गाँजा तस्करीमा संलग्न छन् । सुनिल जयसवाल, राजा विशु दाजुभाई, अन्तोष, सोहन जालानले अवैध कपडा पैठारी भंसारको मुख्य नाकाबाट नै गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले तस्करहरुसंग महिनावारी असुल्न असई जोखन बैठालाई जिम्मा दिएको स्वयं प्रहरी अधिकृतहरु नै बताउँछन्। बैठाको दरबन्दी भने दोलखा रहेको छ । वैठाको नेतृत्वमा प्र.ज. राजु पटेल, प्र.ज. नन्दन राज गिरीको टोली बनाइएको छ । 

धनुषाको जनकपुरधामको मुख्य भंसारबाटनै सेटिड्ड मिलाएर तस्करहरुले निर्वाध आफ्नो तस्करीको धन्धा चलाईरहेका छन् । जय कुमार यादव, शिव कुमार यादव, जय निधी, बिजय कर्ण, रञ्जित पहाडी, इश्माईल र रहमानले अवैध पैठारीको ‘लाईन’पाएका छन् भने अञ्चल प्रहरी कार्यालय जनकपुरका असई रामरेख यादव प्र.ज. बैजु यादव, जिल्ला प्रहरी कार्यालय धनुषाको सई जयलाल यादव, असई किश्मत भण्डारी, प्र.ह. शिवशंकर ठाकुर, प्र.ज. छबीलाल साह, प्र.ज. राजेन्द्र राय, प्र.ज. चन्देश्वर यादवको घुमुवा टोलीहरु पैसा उठाउने गरेको छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कर्यालय चितवन भएर नै सबै तस्करीका समानहरु काठमाण्डौ र पोखरा जाने भएकोले चितवन प्रहरी प्रमुखले प्र.ह.रामप्रवेश यादवको नेतृत्वमा असई कमल परियारलाई खटाएको छ । प्रहरी जवान द्वय सुरेन्द्र कार्की बिनोद साह कलवार पनि सो असुली टोलीमा सहभागि छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुखले पनि असुलीको लागि प्र.ह. बिरेन्द्र यादवको नेतृत्वमा प्र.ह. देवशरण पटेल र प्र.ज. सुरेन्द्र साहको टोली बनाएको छ । यो सम्पूर्ण घुमुवाहरुको निगरानी र असुलीको लागि प्रहरी निरिक्षक रामकाजी थापाको नेतृत्वमा प्रनानी सागर समशेर राणा प्रसनी अच्छेलाल हजराको टोली खटिएको छ। प्रहरी संगठन भित्र देखिएको द्वन्द्वको फाइदा उठाउदै मध्यक्षेत्र भित्र भाँडभैलो मच्चिएको र तस्करहरुको रजाई शुरु भएको छ भने ड्युटीमा खटिएका प्रही स्वयं तस्करहरुबाट कुटिएर खेदिनुपर्ने अवस्था आएको छ । डिआइजी केसी आएको दुई हप्ता तस्करी रोकिएपनि अहिले लाइन दिएर तस्करी भइरहेको छ । यसमा प्रहरी राजस्व र भन्सारका कर्मचारीको संयुक्त मिलेमतो झलकिन्छ । 

डिआइजी भन्छन तस्करी रोकिन थाल्दा आत्तिए तस्कर 
विरगञ्जमा तस्करी कडाइ शुरु भएपछि यस्तो समाचार आउने गरेको केसीले बताए। तस्करको जालो बाँक्लो हुँदा यस्तो प्रभावित गर्ने समाचार आएको उनको भनाइ छ । उनले अवाञ्छित गतिविधीमा संलग्न ३ प्रहरीलाई निलम्वन गरिएको बताए । वाराको प्रहरी प्रमुखलाई त्यस्ता प्रहरीलाई  निलम्वन गर्न  लिखित निर्देशन दिइएको केसीले बताए । 

वाराबाट आएको सम्पूर्ण समाचार पूर्ण असत्य भएको जिकिर गर्दै धनुषा लगायतका जिल्लामा तीन दिनअघी गएर पनि तस्करी रोक्न निर्देशन दिएको बताए। हाम्राकुरासँग कुरा गर्दै केसीले खुल्ला वोर्डरका कारण केहि समस्या भएपनि तस्करी भने नभएको बताए । महोत्तरीबाट ३ दिन यता ६ लाखको सामान समातिएको अवस्थामा कसरी तस्करी भयो भन्ने?

तस्करको नेक्सस सबै ठाउँमा हुँदा काम गर्ने क्रममा प्रभावित गर्ने प्रयास भएको उनले बताए। साइकलबाट हुने तस्करी रोक्ने अभियान चलाउन पनि जिल्ला र अञ्चलका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको केसीले बताए । आफू आएको १ महिनामा २५ वटा ट्रक नै समातेर भन्सारमा बुझाएको उनले बताए। आफ्नो क्षेत्रको पहाडी जिल्लाहरुको भ्रमणमा रहेका केसीले हाम्रकुरासँग भने भन्सारले प्रज्ञापनपत्र छुटाएर पठाएका समान पनि राजस्वलाई बुझाएको अवस्थाबाट आत्तिएर तस्करहरुले हल्ला चलाएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ