arrow

फेरिँदै धौलागिरि अञ्चल अस्पतालको मुहार   

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
dhaulagiri_hospital.jpg

बागलुङ । कुनै समय एक जना मात्र मेडिकल सुपरिटेण्डेन्ट हुने धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अहिले विशेषज्ञ डाक्टरहरु हुँदा सेवाग्राहीहरु निकै खुसी भएका छन । अञ्चलकै एक मात्र सुविधा सम्पन्न अस्पतालमा विशेषज्ञ डाक्टरहरु आएपछि सुधार हुँदै गएको छ । लामो समयदेखि विशेषज्ञ चिकित्सकहरुको अभाव खड्की रहने अस्पतालमा पछिल्लो समय सो सेवा उपलव्ध भएपछि अस्पतालमा मुहारै परिवर्तन भएको छ । 

 

अहिले अस्पतालमा आधा दर्जन भन्दा बढी विशेषज्ञ डाक्टरहरुको गुणस्तरीय सेवा प्रवाह हुन थालेको छ । पहिले जस्तो रिफर हुने परिपाटीको अब अन्त्य हुने विश्वास लिईएको छ । विशेषज्ञ सेवा नियमित सुचारु भए पश्चात् अहिले अस्पतालमा बिरामीको चाप बढ्न थालेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागर कुमार राजभण्डारीले बताए । 

 

पहिले म मात्र एक्लै सबैको उपचारमा खटिनुपर्ने थियो अहिले सहज भएको छ डाक्टर राजभण्डारीले भने अहिले विभिन्न रोगको यही सफल उपचार हुन लागेको छ । 

 

गुणस्तरीय उपचार पाउने भए पछि सेवाग्राहीले नि अब पोखरा काठमाण्डौ जानु पर्ने बाध्यता हटने छ ।  जिल्लामा स्वास्थ्य विमा सुरुवात सँगै निजी भन्दा सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिनेको संख्यामा पनि बृद्धि आएको छ । 

 

अञ्चल अस्पतालमा नै विशेषज्ञ सेवा पाए पछि उपचारार्थ आउने विरामीहरुलाई नि पोखरा रिफर गर्ने परिपाटीमा कमी आउने अस्पताल श्रोतको दावी छ । अब पोखरामा रिफर गर्ने अधिकाशं बिमारीको उपचार यही गर्न सक्षम र सफल भएका छौ डाक्टर राजभण्डारीले भने ।”

 

धौलागिरी अन्चल अस्पतालमा अहिले सेवाग्राहीले सहज महसूस गर्ने गरि परिवर्तन ल्याउन सफल भएको अञ्चल अस्पताल विकास समितिका अध्यक्ष मन्जेशबम मल्लको भनाई रहेको छ । 

 

अहिले अस्पतालमा आफु अध्यक्ष भए पश्चात मन्त्रालय तथा विभागमा दबाब दिई डाक्टरहरुलाई ल्याउने प्रयासमा जुटेको बताउँछन । उपलब्ध जनशक्ति अनुसार अधिकतम सेवा प्रदान गर्न एलएससिएस, हाइड्रोशिल, हर्निया, एपेन्डीसेक्टोमी, फ्याक्चर लगायतका सर्जरी सेवा सञ्चालन गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 

 

ठेकेदारले अस्पतालको दुई भवनको पूर्वाधार समयमै तयार नगर्दा प्रभावकारी सेवा प्रवाहमा थप समस्या भएको उनले बताए । हाल अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट सहित अमर पौडेल, फिजिसियन, सुजन गौतम सर्जन, सुरेन्द्र कुवर एनोस्थेलोजिष्ट, मञ्जु पाण्डे स्त्रीरोग विषेशज्ञ, अनुज अधिकारी रेडियोलोजिष्ट, निरञ्जन अर्याल हाडजोर्नी रोग विशेषज्ञ, र डा.लक्ष्मी गौतमले स्त्रीरोग विशेषज्ञको रुपमा  सेवा उपलव्ध  गराएका छन ।

 

१६ जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा हाल मेसु राजभण्डारी र फिजिसियन डा.पौडेल ३ जना मेडिकल अफिसरको दरवन्दी र अन्य करारमा ल्याईएको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालमा सस्तो सुलभ रुपमा ५ सय ६२ प्रकारका औषधि बिक्री गर्ने गरि आफ्नै फार्मेसी सञ्चालनमा  ल्याईएको छ । 

 

अस्पतालमा २४ घण्टा विद्युत आपुर्तिका लागि ५२ किलोवाटको सोलार प्यानल जडान गरिएको छ । निःशुल्क रुपमा प्रदान गरिने सेवाहरुमा सुरक्षित गर्भपतन सेवा थप गरिएको र हरिखड्का ट्रमा सेन्टर संचालनका लागि समाग्रीहरु खरिद प्रक्रियामा रहेको अस्पतालले जनाएको छ । 

 

अस्पतालमा खाली रहेका डाक्टरहरुको दरबन्दीलाई छिटो भन्दा छिटो पदपुर्तिका लागि आफुहरुले मन्त्रालय सँग समन्वय गरेको अस्पताल विकास समितिका अध्यक्ष मल्लले बताए। 

 

त्यसैगरी अस्पतालमा डायलाईसिस सेवा सुरु गर्न ५० लाख बराबरको रकम निकासा गरी सामग्री खरीदको प्रक्रिमा रहेको जनाईएको छ । यदि यसरी नै अञ्चल अस्पतालमा सुधार भयो भने अब सेवाग्राहीले केही सुविधा पाउछन कि भन्ने सर्वसाधारणमा चोसोको विषय बनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ