arrow

' उर्जा र सञ्चार क्षेत्रको उपलव्धि काँग्रेसकै कारण '

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
congress-power-communiation-bikash.jpg

काठमाडौं । काँग्रेसले नेपालको उर्जा र सञ्चार क्षेत्रको विकास काँग्रेसले लिएको नीतिगत निर्णयका कारण सम्भव भएको बताएको छ । बि.सं २०४८ देखि २०७३ सम्मको २५ बर्षमा नेपाली कांग्रेसको नेतृत्वमा देशको उर्जा र सञ्चार क्षेत्रमा भएका उपलव्धिहरु काँग्रेसले लिएको नितिगत सुधारका कारण सम्भव भएको काँग्रेसले भनेको छ।

उर्जा र सञ्चार क्षेत्र सरकारको विषय मात्र रहेको त्यस वखत काँग्रेसले यस क्षेत्रमा नीजि क्षेत्रको प्रवेशलाई सुनिश्चित गरेका कारइ उद्यमशिलता पनि वढेको काँग्रेसले जनाएको छ। कांग्रेस प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले काँग्रेसले आफ्ना उपलव्धिहरुलाई जनतामाझ प्रष्टसँग नभन्दा भ्रम सिर्जना गरिएको मात्र बताए । लेखकले भने, 'अब काँग्रेस काम पनि गर्छ र गरेको कुरा जनतालाई प्रष्टसँग भन्छ पनि। '

बि.सं २०४८ देखि २०७३ सम्म को बिगत २५ बर्षमा नेपाली कांग्रेसले लिएका नीतिका कारण उर्जा र सञ्चार क्षेत्र फस्टाउने मौका पाएको काँग्रेसको ठहर छ । काँग्रेसकै नीतिका कारण अन्य दलमा रहेका उद्यमीहरु पनि अहिले उद्यमी कहलाउने मौका पाएका छन काँग्रेसले भनेको छ । काँग्रेसले आफ्ना उपलव्धि सम्झाउँदै भनेको छ २५ बर्ष अघी २२७ मेगावाट रहे्को उर्जाशक्ति २०७३ मा ८५१ मेगावाट पुगेको छ। यद्यपी यो उच्च नभएको पनि उसले प्रष्टयाएको छ । २५ बर्षअघी  ९ प्रतिशतलाई मात्र रहेको विद्युत पहुँच २०७३ मा ७४ प्रतिशतमा पुगेको काँग्रेसले जनाएको छ । सञ्चार क्षेत्रमा भएको क्रान्तिकारी परिवर्तनलाई काँग्रेसले आफूले लिएको नितिगत सुधारको कारण भएको भनेको छ। २०४८ मा ७१५६० फोन रहेकोमा २०७३ मा २, ७८, ५०, ०००मोवाइल नेपालभित्र प्रयोगमा रहेको काँग्रेसले जनाएको छ ।

देश विकासको गतीमा जति हिडेको छ त्यसमा काँग्रेसको योगदान छ यसको गती बढाउने काम पनि अब काँग्रेसकै हो काँग्रेस प्रचार उपसमितिका सहसंयोजक गगन थापाले बताए। 

काँग्रेसले गरेका नीतिगत पहलका कारण भएका उपललव्धिहरु समेटिएको भिडियो यहाँ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ