arrow

बारामा गोली चल्यो, डिएसपी सहित ३ घाईते

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
bara_district_map.png

काठमाडौं । तस्करीको सामान ल्याएको गोप्य सुचनाको आधारमा प्रहरी छापा मार्न जाँदा तस्कर र प्रहरीबीच बारामा गोली चलेको छ ।भारतसँग सीमाना जोडिएको क्षेत्रमा अबैध रुपमा भन्सार छलेर कपडा ल्याईएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्न खोज्दा बाराको कचोर्वामा गोली चलेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।  

 

जिल्ला प्रहरी कन्ट्रोल रुमले दिएको जानकारी अनुसार सो घटनामा जिल्ला प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मी घाईते भएका छन् । उनीसँग अन्य दुई जना प्रहरी जवानहरु घाईते भएको प्रहरीले जनाएको छ । 


प्रहरीले त्यहाँबाट १० लाख बराबरको अबैध कपडा नियन्त्रणमा लिएको छ भने लक्ष्मी प्रसाद यादवलाई प्रहरीले पक्राउ पनि गरेको छ । सो मूल्‍य बराबरको कपडा विश्‍वनाथ जैसवाल र पशुपति जैसवालको घरमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यहाँको स्थिती असामान्य बनेपछि स्थिति नियन्त्रणममा लिने क्रममा प्रहरीले तीन राउण्ड गोली पनि चलाएको हो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ