arrow

रुकुममा जीप दुर्घटना, तीन जनाको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार

रुकुम । रुकुममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग १ ज २०६ नम्बरको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

रूकुम चौरजहारी नगरपालिका–८ का एक वर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेतको मृत्यु भएको हो । एक जनाको भने पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

आठबिसकोट नगरपालिका–१४ छेपारेबाट चिसापानी जाँदै गरेको जीप दुर्घटना भएको हो । क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ