arrow

जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
Milk.jpg.jpeg

ललितपुर । खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ ।पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ ।

ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ ।

गोटिखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदमा भने दैनिक सात सय लिटरसम्म दुध संकलन हुने गर्छ ।किसानहरूले पालेका भैंसी र गाईको दूध हरेक दिन २० एमएमको पाइपमा दूध ढुवानी हुँदै आएको छ ।

बिहान ५ बजेभित्रै किसानहरूले दूध दुहेर रिङगिङडाँडामा पुर्याइसक्छन् । त्यहाँ नापजोख गरी सबै दूध पाइपबाट गोटिखेल पुर्याउने गरेको महांकाल गाउँपालिका–२ का विष्णुप्रसाद घिमिरेले बताए ।

दूध पठाउन ढिला गरेमा बिग्रने भएकाले बिहानै गोटिखेल दूध चिस्यान केन्द्रमा पठाइन्छ । पहिले पानी पठाएर पाइप सफा गरेर मात्र दूध पठाउने गरिन्छ ।

‘दूध पठाउँदा पाइपको अवस्था कस्तो छ भन्दै सबैभन्दा पहिले पानी पठाइन्छ,’ सञ्जेलले भने, ‘पानी रिङगिङडाँडाबाट गोटिखेल पुगेपछि दूध पठाउने गरिन्छ, सबै दूध पाइपबाट पठाइसकेपछि अन्तिममा पानी हालेर दूध निखारिन्छ ।’(नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ