arrow

गरिमा विकास बैंकको आठ प्रतिशत व्याजदरमा नयाँ बचत खाता सुरु

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
garima-bikash-bank.jpg

काठमाडौं। पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ। बैंकले सोही अवसर पारेर राजधानीको लाजिम्पाटमा सरसफाइ तथा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ।


सामाजिक उत्तरदायित्व अन्तरगतग गरिमा विकास बैंकले शनिबार काठमाडौंको लाजिम्पाटस्थित होटल एम्बेरसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो। बैंकका सञ्चालक तथा ओम अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए। ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं। काठमाडौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने।

 

आठ प्रतिशत व्याजदरको नयाँ बचत खाता
यसै बिच गरिमा विकास बैंकले बैशाख १५ गतेबाट आठ प्रतिशत व्याजदरको नयाँ बचत योजना सुरु गरेको छ। ‘गरिमा शुभलाभ विशेष योजना’ नामक बचत योजनामा सहभागि हुने सेवाग्राहीले वार्षिक आठ प्रतिशत व्याज पाउने बैकले जनाएको छ। 


चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ अर्ब ३९ करोड ४५ लाख ७० हजार रुपैंया निक्षेप संकलन तथा १२ अर्ब नौ करोड चार लाख ९३ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकले २५ रुपैंया ५६ पैसा प्रतिसेयर आम्दानी बनाएको छ। यस क्रममा बैंकले खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढाएर २४ करोड ८५ लाख ५२ हजार रुपैंया खुद नाफा कमाएको छ।


काठमाण्डौंको सामाखुसी तथा लाजिम्पाट सहित ४३ शाखा र सात एटीएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले राजधानीको चाबहिल तथा कलंकी सहित सात स्थानमा निकट भविष्यमा नै नयाँ शाखा सञ्चालनमा ल्याउँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ