arrow

बाहुबली-२ को रेकर्ड : एकै दिनमा कमायो ११५ करोड

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
baahubaliक.jpg

एजेन्सी । शुक्रवार रिलिज भएको चलचित्र  'बाहुबली २ : द कन्क्लूजन' ले पहिले दिनमै बलिउडमा सबैभन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार चलचित्रका सबै भर्जनले बक्स अफिसमा  पहिले दिन ११५ करोड भारतिय रुपैया कलेक्शन गरेको छ । चलचित्रले कलेक्शनको आधारमा बाहुबलीको पहिलो भाग , ‘कबाली ’ र ‘सुल्तान’ भन्दा अगाडि रहेको छ ।

पहिलो दिन चलचित्रको प्रत्येक सेकेण्डमा  १२ टिकट अनलाइन बिक्र भएका छन् । भारतिय रुपैया २७० करोडको बजेटमा बनेको चलचित्र बाहुबली-२ पहिले नै नाफामा रहेको छ । चलचित्रले रिलीज हुनु भन्दा पहिले नै थिएट्रिकल राइट्स बेचेर ५०० करोड भारु भन्दा ज्यादा कमाई गरेको छ ।


ट्रेड एनालिस्ट रमेश बालाले शुक्रबार  ट्वीट गर्दै 'एस. एस. राजामौलीद्वारा निर्देशित चलचित्र 'बाहुबली २' हिन्दी भर्जनले बक्स अफिसमा पहिले दिन ३८.५ करोड  रुपैया कमाएको छ' लेखेका छन् । चलचित्रले आन्ध्रप्रदेश र तेलंगानामा ५३ करोड , कर्नाटकमा १० करोड, तमिलनाडुमा ९ करोड र केरेलामा ४.५  करोड रुफैया कमाएको छ ।

चलचित्र भारतमा ६ हजार ५ सय स्क्रीन्समा रिलिज भएको छ भने संसारभरमा ९ हजार स्क्रीन्समा रिलिज भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ