arrow

शनिबारदेखि काठमाडौमा 'मनको शल्यक्रिया’

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार

काठमाडौँ। गजलकार विपिन मर्मको ‘मनको शल्यक्रिया’ गजल सङ्ग्रह सार्वजनिक भएको छ । हातेमालो साहित्य सङ्गमले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा गीतकार कृष्णहरि बरालले सो गजल सङ्ग्रह सार्वजनिक गर्दै साहित्य शब्दको खेल भएको बताए। 

 

“साहित्यको जुनसुकै विधामा विषय जे भए पनि मन छुने भाव हुनुपर्छ, हाल वार्षिक रुपमा गजल सङ्ग्रह नै बढी निस्कन्छन, गजल गद्यमा हुँदैन, तर अहिले बलमिचाइँ हुन थालेको छ” – उनले भने। 

 

मर्मले आक्षरिक लयमा समसामयिक विषय वस्तुलाई समेटेर राम्रो गजल पाठकसमक्ष ल्याएको गीतकार बरालको भनाइ थियो । गजल सङ्ग्रहको समीक्षा गर्दै समीक्षक पोष्टराज चापागाइँले साहित्य मनसँग सम्बन्धित भएको र मर्मले समसामयिक घटनालाई गजलका रुपमा प्रस्तुत गरेको बताए । 

 

गजलमा ‘लुट्न पाए लुट्ने नत्र भने फुट्ने’ जस्ता समसामयिक राजनीतिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा गजलकार मर्म, सङ्गमका अध्यक्ष दीपेन्द्र अश्रुमालीलगायतले गजलको सङ्ख्यात्मक मात्र नभई गुणात्मक विकास भइरहेको बताउनुभयो । सो अवसरमा गत चैत १२ गतेको कार्यक्रममा वाचन गरिएका १० उत्कृष्ट गजलकारलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । रासस  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ