arrow

सगरमाथा शिविरमा शव भेटियो

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
sagarmatha.jpeg

सोलुखुम्बु । सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ । सगरमाथा आरोहीका एक सहयोगीले शनिबार पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । 

बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तयारी भइरहेको उनले बताए । 

सगरमाथा आधारशिविर वरपर कुनै पनि व्यक्ति हराएको सूचना नआएको प्रहरीले जनाएको छ । सगरमाथा आरोही अहिले दोस्रो शिविरसम्म पुगिसकेका बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ