arrow

हेटौंडाको चुनावी माहोल : झण्डा राखे बापत मासुभातसँगै दैनिक २ सय आम्दानी

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १६ शनिबार
chunab_prachar_hetauda.jpg

हेटौंडा । करिब दुई दशकपछी हुन गईरहेको स्थानिय तहको निवार्चनको सरगमी देशैभरी बढीरहेको अवस्थामा मकवानपरमा पनि दलका चुनाव मुखी गतिविधिले निवार्चनको माहोल तातेको देखिएको छ । 

 

मकवानपरमा क्रियाशिल विभिन्न पार्टीका कार्यकर्ता र नेताहरु चुनाबको प्रचार प्रसारमा जुटिरहेका छन् भने सर्वसाधारण पनि आफ्नो पार्टीको प्रचारको निम्त्ति घर घरमा आफ्नो आस्था रहेको पार्टीको झण्डा झुण्डयाउन व्यस्त देखिन्छन । यस्तो प्रभाव सवारी साधनमा पनि परेको देखिन्छ । ई रिक्सा, अटो मोटरसाईकल तथा कार, जिप लगायतका  सवारीसाधनमा बिभिन्न पार्टीको झण्डा फहराएर चुनाव प्रचार र स्थानीय तहको  निवार्चनको स्वागत गरेको देखिन्छ । 

 

हेटौंडा लगायत मकवानपरका सम्पूर्ण गाउपालकिाको चोक गल्ली देखि विजुलीको पोल अनि चुनाव प्रचारका लागी स्थापना गरिएका सम्र्पक कार्यलयले समेत प्रचार प्रसारको लागि विभिन्न पार्टीका झण्डातोलन गरिनुले माहोललाई तताएको देखिन्छ  । 

 

अधिकांश राजनीतिक दलले चुनाव प्रचारको लागि चनावी गित सहित प्रचार प्रसारमा देखिन्छन भने चुनाव सभा आयोजना गर्दै मतदाता फकाउन र प्रवेश गराउन तत्पर देखिन्छन । यता प्रचार प्रसारको क्रममा मतदाता र पार्टीका कार्यकर्र्ताहरु आ आफ्नो सवारीसाधनमा  झण्डा राखेर पार्टीको प्रचार गरेको देखिन्छ । केही पार्टीको प्रचारमा आफुहरु स्व ईच्छाले झण्डा राख्ने र बोक्ने गरेको अभिव्यक्ति दिने गरेका छन् । 

 

केहीले त झण्डा राखे बापत् पैसा समेत लिने गरेका छन् । एमालेको झण्डा बोकेर हिडदैं गरेको अवस्थामा भेटिएका हेटौडा ५ का कपिल बाईवाले पैसा पाईने भएकोले झण्डा राखेको प्रतिक्रिया दिए । 

 

उनले झण्डा राखेबापत मासु र भात सहित दैनिक २०० पाउने गरेको जानकारी दिए । त्यसैगरी चुनाबले प्रेस संचालकाहरुलाई छोएको देखिन्छ । हेटौंडामा सञ्चालित प्रेसहरु अहिले पार्टीका ब्यानर र झण्डाले भरिभराउ देखिन थालेका छन् ।  हेटौडा १० मा प्रेस संचालन गरिरहेका रविन तिमल्सिना दैनिक चुनावी सभा र प्रचारका लागि विभिन्न पार्टी मा १०० देखी १५० झण्डा र व्यानर ब्याज खपत हुने गरेको र यसबाट हालसम्म ५ लाख आम्दानी समेत भईसकेको बताए । 

 

स्थानीय तहका चुनाबले मकवानपुरका पत्रकारहरुलाई समेत छोएको देखिन्छ । अन्य दिन समाचार नभएर पेज भर्ना मुस्किल पर्नै दैनिक स्थानीय अखबारहरु चुनावी सभा  र  चुनाव प्रचारको समाचारले भरिभराउन देखिन्छन । भने एफ एम रेडियोहरु उम्मेदवारहरुको अन्तर्वार्ता हालेर रेडियोको समय भरीरहेका छन् ।

 

जिल्लामा कृयाशील पत्रकारहरुलाई पत्रकार सम्मेलन जान र चुनावी सभा वा प्रचारका समाचार संकलन गर्न भ्याईनभ्याई भएको बताउँछन्  । नगर वा गाउँका चिया पसलदेखी चोक चौतारमा अहिले चुनावी चर्चा चसलिन थालेको छ । भने उम्मेदवारहरुले पनि घरघरमा पुगेर चुनावी माहोल झनै चुल्याईदिन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ