arrow

भारतीय गाडीको ठक्करले नेपालीको मृत्यु, भ्यान दुर्घटनामा सात घाइते

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
accident-final.jpeg

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर३०पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ । 

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ज ३४८९ नंको पिकअप भ्यानको टायर पञ्चर भई अनियन्त्रित भई सोही दिशाबाट जन्ती बोकेर आउँदै गरेको स१ज १३७ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

पिकअप भ्यानमा सवार घाइतेहरुको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई इप्रका, कञ्चपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ