arrow

हिमाल,पहाड र तराईको पहिचान दिने संग्रहालय बनाउन सहयोगको अपिल गर्दै धुर्मुस सुन्तली टोकियोमा 

logo
संगिता कुवँर
प्रकाशित २०७४ वैशाख १७ आइतबार
dhurmus-suntali-saaj.jpg

टोकियो । भुकम्प गएको २ बर्ष बितिसक्दा सरकारबाट पुर्न निर्माणको काम ढिला भईरहेका बेला तीनओटा बस्ति निर्माण गरेर सामाजिक अभियान्ताको नाम कमाईसकेका हास्यकलाकार धुर्मुस सुन्तली टोकियो आईपुगेका छन् । 

भुकम्प पिडितको घर बनाउने अभियानका क्रममा तेस्रो बस्ती हस्तातन्तरण गरिसकेका उनिहरु फेरि सामाजिक अभियानको लागी सहयोगको अपिल गर्दै टोकियो आईपुगेका हुन् । 

सनराईज प्रोडक्सनले आयोजना गरेको धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस सुन्तली साँझ २०१७’ आईतबार टोकियोको नाकोनो जेरो हलमा हुँदैछ । 

समाजमा उर्जा थप्ने जोडी अब हिमाल ,पहाड र तराई चनाउने नेपालीको भाषा पहिचान दिने संग्रालय बनाउन अभियान सुरु गर्नेछन् । 

सरकारबाट काठमाडौं नजिकै पाचँसयदेखि हजार रोपनी सम्मको जग्गा पाउन सके ठुलो सहयोग हुने समेत बताएका छन् । 
  पत्रकार सम्मेलनमा बोल्दै ‘हामी यस्तो संग्रालय बनाउन चाहन्छौ जहाँ हरेक हिमाली पहाडी र तराईका सिंगो नेपालीको पहिचान दिन सकियोस् ’ अन्जना घिमिरे सुन्तलीले भनिन् ‘हामी बिदेशमा रहेका नेपाली बालबालीकालाई पहिलो पर्यटक बनाउन सकियोस्। काम खोज्दै बिदेशमा भौतारिन नपरोस् ।’

‘आखाँमा भरिएका आशुँ लुकाउदै। जहाँ बिरामी हुदा झारफुक गर्छन् । स्कुल र पढाई भनेको केहो नै थाहा छैन् । त्यस्तो ठाउँमा पुगेर बस्ती बसायौँ । जापान बासी नेपालीलेबाट पनि सहयोगको अपेक्षा गर्छौ’, उनले भनिन् । 

त्यस्तै सीताराम कट्टेल धुर्मुसले ‘अब हामी चुप बस्न सक्दैनौं र मनले मान्दैन हामी सबै ठाउँ बस्ती बसाउने भन्दा पनि देशको लागि चाहना भयो भने सकिन्छ भन्ने लहर ल्याउने हो ।’

उनले अगाडि थपे, ‘यसमा सबैको साथ चाहिन्छ ।’ 

कार्यक्रममा आवाजको दुनियाँको साथी भनेर चिनिएका दिनेश डिसी कार्यक्रम संचालकको भुमिकामा रहनेछन् भने गायक दिपक बज्राचार्य र हास्यकलाकार दिपक आचार्यको पनि प्रस्तुति रहनेछ ।  

कार्यक्रमको अन्तिम तयारी सकिएको जानकारी गराउँदै  सामाजिक अभियान्तालाई सहयोगका लागि सहभागी हुन जापानबासी नेपालीमा सनराईज प्रोडक्सनका प्रबन्धक हरि सापकोटाले अनुरोध गरेका छन् । 

पत्रकार सम्मेलनको संचालन सनराई प्रोडक्सनका अध्यक्ष रबिन्द्र गोर्खालीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ