arrow

राप्रपाः संविधान संशोधनको पक्षमा मतदान गर्ने

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
RPP-N111.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।


सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिए।


पार्टी एकीकरण भएपछि पार्टीका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ