arrow

संविधान संशोधन वारपार गर्ने भनिएको संसद बैठक नै सर्‍यो

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं । संविधान संशोधन प्रस्तावमा छलफल र मतदान हुने भनिएको व्यवस्थापिका संसद बैठक आउँदो विहिबारसम्मका लागि स्थगित भएको छ ।

पूर्वसांसद नथुनीसिंह दनुवारको मृत्युको शोक प्रस्ताव पारित गरेपछि सभामुख ओनसरी घर्तीले अब अर्को बैठक २१ गते बस्ने गरी स्थगित गरेकी हुन् । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि दर्ता भएका संशोधन प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेकामा बैठक नै सरेको हो ।

सत्तारूढ दलले संविधान संशोधनक पक्षमा दुई तिहाई पुगे आइतबारै मतदानमा लैजाने  मनसाय बनाएका थिए । यद्यपि, संशोधनका पक्षमा दुई तिहाई पुग्नेमा  सरकार विश्वस्थ हुन नसकेको र एमालेले पनि अवरोध गर्नसक्ने सम्भावना रहेकैबीच सभामुखले बैठक सारिन् ।

संसद बैठकले काँग्रेस नेता एवम् पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय नथुनी सिंह दनुवार २०४८ सालको आम निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

दनुवारको ८८ वर्षको उमेरमा वैशाख १० गते उपचारको क्रममा निधन भएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले स्वर्गीय नथुनी सिंह दनुवारको शोक प्रस्ताव पढेर सुनाइन् । अर्को बैठक विहिबार अपरान्ह ३ बजे बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ