arrow

गृहमन्त्री निधिले राजीनामा दिए

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
bimalendra-nidhi.png

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापतिसँग असहमति बढ्दै गएपछि गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिएका हुन् ।

निधिले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाएका हुन् । निधिले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोगबारे जानकारी नदिएको विषयलाई पनि राजीनामाको कारण बनाएका छन् ।

महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाट समेत हस्ताक्षर फिर्ता लिएका छन् । महाभियोग प्रस्तावकाे विराेध समेत गरेका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएर आएपछि वरियताका लागि पार्टी नेतृत्वले कुरा नगरेको भन्दै निधि सन्तुष्ट थिए । वरीयता विवाद चुलिएपछि निधि मन्त्रिपरिषद् बैठकमै जान छोडेका थिए ।

वरियता विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जँदा कार्यवाहक समेत नदिएर जानु परेको थियो । निधिले आफु गृहमन्त्री भएकाले दोस्रो वरियतामा हुनुपर्ने बताउँदै आएका थिए ।

यसअघि समेत निधिले राजीनामाको तयारी गरेका थिए । चुनावको मुखमा सुरक्षा प्रबन्ध चुस्त बनाउनु पर्ने बेलामा गृहमन्त्रीको राजीनामाले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएकाे छ ।  

निधिले केही दिन अघि निर्वाचनको विषयलाई लिएर गरेको ट्वीटले समेत हंगामा भएको थियो । निधिले निर्वाचनका लागि प्राविधक तयारी र सुरक्षा प्रबन्ध मात्रै गरेर नहुने र राजनीतिक वातावरण चाहिने भन्दै ट्वीट गरिदिएपछि हंगामा भएको हो ।

निधिले पछिल्लो समय सुरक्षा प्रबन्धबारे सबै क्षेत्रहरुमा सुरक्षा गोष्ठी गराईसकेका छन् । निधिले विप्लव माओवादी र सीके राउत चुनावको प्रमुख सुरक्षा चुनौती भन्दै सादा पोसाकका प्रहरी परिचालन गर्न लगाए ।

वरियताबारे पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग स्पष्ट कुरा नगरेको भन्दै निधिले पार्टीभित्र आन्तरिक संघर्ष गरिरहेका थिए । केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा पार्टीको घोषणपत्र सार्वजनिक गर्ने कार्यक्रममा पनि निधिलाई देउवाको नजिक बस्न छट्पटी भइरहेको थियो।

Image may contain: text

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ