arrow

कमल थापा भन्छन् ‘ज्ञानेन्द्रले नै पार्टी फुटाउन खोजे’ 

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
Gyanendra-shaha.jpg.jpeg

 काठमाडौं । राप्रपा संसदीय दलको आइतबारको बैठकमा अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् ।

 ‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइनन्, यसमा हामी सबै स्पष्ट हुनु जरुरी छ,’ एक सांसदका अनुसार अध्यक्ष थापाको भनाई थियो, ‘राप्रपा विभाजन गर्न सांसद भड्काउन लागेका छन्, यो हामीलाई मान्य छैन ।’

राप्रपाले मान्यताको लागि राजसंस्थाको पक्षमा आवाज उठाएको, तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए ।

बैठकमा केही संसदले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमल्सिना, डा फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोश पोखेका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ