arrow

उपप्रधानमन्त्री कमल थापा शीतलनिवासमा, राप्रपाको बैठक ४ बजे 

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । बैठककै बीचमा अध्यक्ष कमल थापा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएपछि राप्रपाको विहानैदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । दिउँसो १ बजेको लागि अध्यक्ष कमल थापालाई राष्ट्रपति भण्डारीले बोलाएपछि बैठक अपराह्न ४ बजेसम्मको लागि स्थगित गरेर उनी राष्ट्रपति कार्यालयतिर लागेको राप्रपा महामन्त्री ध्रुव बहादुर प्रधानले जानकारी दिए । 

 

उनका अनुसार अहिलेसम्मको कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले आकस्मिक रुपमा आश्चर्यजनक ढंगले महाभियोग प्रस्ताव संसद्मा दर्ता गरिएको भन्दै सरकारबाट फिर्ता हुनुपर्ने पक्षमा अधिकांश वक्ताहरुले जोड दिएका छन् । तर, संसद् विघटनको सूचना पछि केही जानेबुझेका सांसद्हरु भने सो विषयमा सहमत हुन सकेका छैनन् । 

 

विहान नौ बजे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेकी  राष्ट्रपति भण्डारीले १ बजे उपप्रधानमन्त्री समेत रहेका थापासँग कुराकानी गरेकी हुन् । बैठकमा समसामयिक विषयका साथै आसन्न स्थानीय तहको निर्वाचनको विषयमा पनि छलफल गरिएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए । 

 

याे पनि हेर्नुहोस् 

संसद् विघटनको सूचनापछि राप्रपाको सरकार नछाड्ने संकेत 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ