arrow

[अपडेट] सरकारबाट बाहिरिने राप्रपाको निर्णय

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
RPP-N111.jpg


काठमाडौं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । 

 

आईतबार सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका सांसद्हरुले हस्ताक्षर गरेर दर्ता गराएको संविधान संशोधनको विषयमा असहमति जनाउँदै आएको राप्रपाको सोमबारको बैठकले यस्तो निर्णय गरेको नेता बुद्धिमान तामाङले हाम्राकुरालाई जानकारी दिए । 

 

उनले सोमबार साँझदेखि आफूहरु सरकारबाट बाहिरिएको र यस बारेमा मंगलबार कार्यालय खुलेसँगै व्यवस्थापिका संसद्लाई सो बारेमा जानकारी दिईने तामाङले जानकारी दिए । 

 

तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी यो सरकार गठन भएसँगै सत्ता साझेदार दलको रुपमा रहेको थियो । गत फाल्गुनमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भई राप्रपा बनेपछि सरकारमा उपप्रधान तथा संघीय मामला तथा स्थानीय विकास मन्त्रीको रुपमा एक महिना अगाडि मात्रै कमल थापा सरकारमा गएका थिए । 

 

प्रधानन्यायाधीस सुशीला कार्कीमाथि महाभियोग लगाईएपछि उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले ट्वीटरबाट आक्रोश व्यक्त गरेका  थिए । उनले 'प्रधानन्यायधीस सुशीला कार्की बिरुद्ध कांग्रेसरमाओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण, न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण' भन्दै आक्रोश पोखेका थिए । 

 

राप्रपाका नेतहरुले महाभियोगसँगै सोमबार बिहान बस्ने कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्न लागेको बताएका थिए । पार्टी अध्यक्ष थापाका निजी सचिव दामोदर वाग्लेले हाम्राकुरासँग आईतबार यस्तो बताएका हुन् । 

 

कमल थापाको भनाई उदृत गर्दै उनले भनेका थिए, ‘यस्तो भद्रगोल अवस्थामा सरकारमा बस्न सकिँदैन । काँग्रेस माओवादीले के–के गर्छन् ? त्यसको सती जान सकिँदैन ।’ यसैको भोलिपल्ट राप्रपाले यस्तो निर्णय गरेको हो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ