arrow

हेटौंडा उपमहानगरमा काँग्रेसबाट पराजुली, एमालेबाट महत

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
candidecy_hetauda.jpg

काठमाडौ । हेटौंडामा अहिले स्थानीय तहको निर्वाचनकोलागि मनोनयन दर्ता हुने क्रम जारी रहेको छ ।  जिल्ला समन्वय समिति (जिविस) मकवानपुरको परिसरमा रहेको मूख्य निर्वाचन अधिकारीको कार्यालयमा र्‍याली सहित गएको काँग्रेसको टोलीले पनि मनोनयन दर्ता गरेको छ ।

 

नेपाली काँग्रेसलाई बिहान १० बजेदेखि ११ बजे मनोनयन दर्ताको समय दिइएकोमा  काँग्रेसले हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा आनन्दराम पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठको नाम मनोनयन दर्ता गराएको छ । अहिले नेकपा एमाले मॉओबादी पनि मनोनयन दर्ताका लागी  मूख्य निर्वाचन अधिकारीको कार्यालयमा र्‍याली सहित पुगिसकेका छन् ।

 

एमालेबाट मेयरमा हरिबहादुर महत र उपमेयरमा मीरा लामाले टिकट पाएका छन् । त्यस्तै मा‌ओवादीबाट बलराम बल लामा मेयरमा र उपमेयरमा कमला पौडेलले उम्मेदवारी दिने भएका छन् । भने शाही कालमा भएको निर्वाचनमा मेयर बनेका मधु अधिकारी राप्रपाबाट  मेयरमा उम्मेदवारी दिँदै छन् । नेकपा मालेको तर्फबाट भने मेयरका भीमसेन महतको उम्मेदवारी परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ