arrow

पोखरा महानगरपालिकामा उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Pokhara_Lekhnath_Mahanagarpalika.png

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । 

 

जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली काँग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङको उम्मेदवारी दर्ता गरेको छ । 

 

नेकपा (एमाले)ले प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मन्जु गुरुङको उम्मेदवारी दर्ता गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रमुखमा विश्वप्रकाश लामिछाने र उपप्रमुखमा गोमा ढकाललाई उम्मेदवार बनाएको छ । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीको उम्मेदवारी परेको छ । त्यस्तै महानगरपालिकाका लागि समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखमा हुम गुरुङ र उपप्रमुखमा लक्ष्मी खाती परियारको उम्मेदवारी दर्ता गरेका छन्। 

 

प्रमुख राजनीतिक दलका साथै विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता समेत भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू पोखराका विभिन्न स्थानबाट बाजागाजा र ¥यालीसहित निर्वाचन कार्यालय पुगेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ