arrow

प्रधानमन्त्री ओलीको हातमा झाडु

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
PM-Sarsafai.jpg.jpeg
काठमाडौं । आफ्नो अभिव्यक्ति र पछिल्लो गतिविधिका कारण चर्चा र विवादमा आएका प्रधानमन्त्री बिहीबार बिहान भने झापामा हातमा झाडु समातेको अवस्थामा भेटिए । दोलखामा फिल्म सिटी बन्दैन भनेर विवादमा तानिएर दोलखामा उनको पुत्ला जलाएको दुई दिन बित्न नपाउँदै सरसफाई गर्न उनी झापाको दमक पुगेका हुन् ।  प्रधानमन्त्री ओलीले दमकमा पूर्व–पश्चिम राजमार्ग सरफाइ राष्ट्रिय अभियानको उद्घाटन झाडुले सडक बडारेरै गरे । 

कार्यक्रममा उनले  सुन्दर तथा समृद्ध मुलुक बनाउन सरसफाइ नै पहिलो कडी भएको बताए । उनले अब मुलुकलाई सुन्दर बनाउन झापाबाट यो अभियानले निरन्तरता पाउने बताए ।

गत पुस ९ गतेदेखि आजसम्म सञ्चालन भएको अभियानको समापनको अवसर पारेर आयोजना गरिएको सो राजमार्ग सरसफाइ कार्यक्रममा कानुन तथा न्याय संसदीय व्यवस्था मन्त्री अग्नी खरेल, स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीलगायतको उपस्थिति रहेको थियो । अभियानमा सरसफाइदूत कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेलगायतको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ