arrow

स्याङ्जामा एमालेका उपाध्यक्ष नै विद्रोही, दिए स्वतन्त्र उम्मेदवारी

निर्वाचनबाट जित्दा पनि टिकट नपाएपछि स्वत्नत्र उम्मेदवारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Uml_bagi_syangja.jpg

स्याङ्जा । नेकपा एमालेका जिल्ला उपाध्यक्षले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीसँग मिलेर स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले वालिङ नगरपालिकाबाट स्वतन्त्र रुपमा मेयर पदमा उमेदवारी दर्ता गराएका हुन् । 

 

एमालेमा  ४५ वर्षे लामो राजनीति गरेका श्रेष्ठलाई पार्टीले मूल्याङ्कन नगरेको भन्दै दुई दलसँग मिलेर स्वतन्त्रबाट मेयरपदमा उम्मेदवारी दिएको बताएका छन् । एमालेको सक्रिय राजनीतिबाट सन्यास लिएर श्रेष्ठले उम्मेदवारी दिन पार्टीले नै बाध्य पारेको बताएका छन् । 

 

एमाले पार्टीले राजनीतिमा निरन्तर क्रियाशील, निष्ठावान्को कुनै मूल्याङ्कन हुन छाडेको आफूले महशुस गरेको बताएका छन् । उम्मेदवारमा आकांक्षी धेरै भएपछि आन्तरिक निर्वाचन गराएको एमालेले निर्वाचनमा पनि उनैले धेरै मत प्राप्त गरेका थिए । कार्यकर्ताको मताधिकारलाई समेत एमालेले बेवस्था गर्दै गुटबन्दी राजनीतिबाट उम्मेदवार छनोट गरेपछि तीब्र असन्तुष्टि जनाएदै श्रेष्ठले आएका थिए । 

 

जिल्लामै लोकप्रिय मानिएका नेताले पार्टी छाडेर मेयरको प्रत्यासीमा उमेदवारी दिएपछि यसको प्रभाव जिल्लाभरी नै पर्न सक्ने आकल गरिएको छ ।यता ११ वटा स्थानीय निकाय रहेको स्याङ्जामा रहेका क्रियाशील राजनीतिक दलहरुले सम्बन्धित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका छन्। विगतका निर्वाचनमा हेर्दा विशेष गरी नेपाली काँग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने स्याङ्जामा नयाँ पुनर्संरचना अनुसार हुन लागेको स्थानीय निकायको निर्वाचनमा कस्ले बाजी मार्छ यसै भन्न सकिने अवस्था देखिँदैन ।

 

जिल्लाका राजनीतिक दलहरुले सम्वन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने जानेक्रममा बाजागाजा, नारा जुलुस सहित पुगेका थिए । लामो समयपछि भएको स्थानीयतहको निर्वाचनका कारण ठुलादलहरुमा उमेदवारका आकाक्षीहरु धेरै हुँदा उमेदवार छनोटमा दलहरुलाई हम्मेहम्मे भएको थियो । 

 

५ नगरपालिका र ६ वटा गाउँपालिका रहेको स्याङ्जामा नेपाली काँग्रेस पुतलीबजार नगरपालिकाको मेयरमा तुल्सीराम रेग्मी, उपमेयरमा हिरादेवी शर्मा, नेकपा एमालेबाट मेयरमा सीमा क्षेत्री, उपमेयरमा महेश पुरी, माओवादी केन्द्रबाट मेयरमा दुर्गानारायण ढकाल र उपमेयरमा ईश्वरी अर्यालले उमेदवारी दर्ता गराएका छन् । 
 

वालिङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा दिलिपप्रताप खाँण, उपमेयरमा कल्पना तिवारी, नेकपा एमालेबाट मेयरमा पुण्यप्रसाद अर्याल, उपमेयरमा खगिसरा थापा, माओवादी केन्द्रबाट मेयरमा हुमबहादुर गुरुङ र उपमेयरमा नेत्रकुमारी भट्टराईको मनोनयनमा परेको छ ।

 

वालिङ नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रेको उमेद्वारी परेको छ भने नयाँशक्ति र संघीय समाजवादी फोरमको समर्थनमा स्वतन्त्रबाट उदय श्रेष्ठको उमेद्वारी मेयरमा परेको छ भने उपमेयरमा दिपा भुसाल छन् । त्यस्तैगरी राप्रपाबाट मेयरमा छमकला कुँवर र उपमेयरमा द्रोणबहादुर गुरुङको उम्मेदवारी परेको छ ।

 
त्यस्तैगरी भीरकोट नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा छायाराम खनाल, उपमेयरमा सीमा कर्माचार्य, नेकपा एमालेबाट मेयरमा सन्तोष केसी, उपमेयरमा मिठू अधिकारी, माओवादी केन्द्रबाट मेयरमा चन्द्रबहादुर रोका र उपमेयरमा जमुना अर्यालले दर्ता गराएका छन् । 

 

त्यस्तैगरी चापाकोट नगरपालिकामा काँग्रेसबाट मेयरमा शिवकुमार गिरी, उपमेयरमा बिमला श्रेष्ठ, नेकपा एमालेबाट मेयरमा बुद्धिमान श्रेष्ठ र उपमेयरमा सरस्वति भट्टराई, माओवादी केन्द्रबाट मेयरमा हरि भट्टराई र उपमेयरमा सुकमाया नेपालीले दर्ता गराएका छन् । त्यस्तैगरी गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा लालगोपाल अर्याल, उपमेयरमा खगिसरा भण्डारी, नेकपा एमालेबाट मेयरमा भुपराज अधिकारी, उपमेयरमा देवीसरा थापा, माओवादी केन्द्रबाट मेयरमा लोकेन्द्र थापा र उपमेयरमा रिता खनालको मनोनयन परेको छ । 

 
त्यस्तै, उता फेदिखोला गाउँ पालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा तारापति सुवेदी र उपाध्यक्षमा गुमा थापा, नेकपा एमालेबाट अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा क्षेत्री, माओवादीबाट लक्ष्मी पौडेल अध्यक्षमा र उापध्यक्षमा नन्दकुमारी गुरुङ्को उमेदवारी परेको छ । यसै गरी आँधीखोला गाँउपालिकामा काँग्रेसबाट प्रदिप पौडेल अध्यक्षमा र उपाध्यक्षमा गीता चापागाँई, एमालेबाट अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, माओवादी केन्द्रबाट कल्पना कार्की र उपाध्यक्षमा नरेन्द्र पौडेल रहेका छन् । 

 

त्यस्तैगरी, विरुवा गाउँपालिकामा नेपाली काँग्रेसबाट चौबहादुर गुरुङ अध्यक्षमा र उपाध्यक्षमा नन्दकुमारी खड्का, नेकपा एमालेबाट अध्यक्षमा तुनप्रसाद शर्मा पोख्रेल, उपाध्यक्षमा देवी थापा, माओवादी केन्द्रबाट अध्यक्षमा दिपक चर्तिमगर र उपाध्यक्षमा दुर्गादेवी शर्मा रहेका छन् । त्यस्तैगरी अर्जुनचौपारी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा दीर्घनारायण अर्याल र उपाध्यक्षमा माय केसी, नेकपा एमालेबाट अध्यक्षमा मोहन अधिकारी र उपाध्यक्षमा चिनमाया गुरुङ्, माओवादी केन्द्रबाट अध्यक्षमा लोकराज काफ्ले र उपाध्यक्षमा सरिता च्वाईले मनोनयन दर्ता गराएको बताइएको छ । 
 

त्यस्तैगरी, हरिनास गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा देवकुमार मानन्धर र उपाध्यक्षमा लिला थापा, नेकपा एमालेबाट अध्यक्षमा खेमनारायण मानन्धर उपाध्यक्षमा धनमाया पराजुली, माओवादी केन्द्रबाट अध्यक्षमा नन्दकुमार थापा र उपाध्यक्षमा मिठू लम्सालले मनोनयन गरेका छन् । 


त्यस्तैगरी कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा शेरबहादुर राना र उपाध्यक्षमा तुलसा पाण्डे, नेकपा एमालेबाट अध्यक्षमा खेमबहादुर थापा र उपाध्यक्षमा संगीता कोईराला, माओवादी केन्द्रबाट ईन्द्रबहादुर थापा र उपाध्यक्षमा विष्णुमाया रानाको उमेद्वारी परेको छ । अन्य सानादलले पनि उमेदवारीमा दर्ता गरेपनि कुन कुन दलले दर्ता गरे भन्ने विषय भने निर्वाचन कार्यालयले दिन सकेको छैन । दर्तामा समय लामो लाग्ने भएकाले कुन कुन दलले उमेदवारी दर्ता गराए भन्ने बारे भने भोली मात्रै सार्वजनिक हुने बताइएको छ । 
 

स्थानीय निकायको निर्वाचनमा स्याङ्जा जिल्लामा मतदाताको संख्या एकलाख ९१ हजार २ सय ५३ रहेको छ । आसन्न निर्वाचनमा स्याङ्जा जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या १२ हजार एक सय ६४ ले धेरै रहेको छ ।


नयाँ पुनर्संरचना अनुसार ५ नगरपालिका र ६ गाउँपालिकाका ९७ वडा रहेको स्याङ्जा जिल्लामा महिला एकलाख एक हजार ७ सय ८ जना र पुरुष ८९ हजार ५ सय ४४ मतदाता छन् भने एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।


१९ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने ८ दल तथा संसद बाहिरका ११ गरी कुल १९ दल यस पटकको निर्वाचनमा सहभागी हुने बताईएको छ ।


दोस्रो संविधानसभाको निर्वाचनमा एकसय ८९ वटा मतदान स्थल रहेको स्याङ्जा जिल्लामा स्थानीय निकायको निर्वाचनमा १० वटा मतदान स्थल थप गरी एकसय ९९ वटा पु¥याईएको छ भने मतदान केन्द्र २ सय ८० वटा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ