arrow

धोकेवाज उपेन्द्र ! आफु चुनावमा, मधेसी मोर्चा ‘विघटन’

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
rajapa-news.jpg

काठमाडौ । लामो समय एउटै मोर्चामा रहेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक भंग भएको छ । मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले मोर्चाको औचित्य लगभग समाप्त भएको जनाएको हो ।

मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वैशाख ३१ को निर्वाचनमा सहभागि हुन पुगेपछि राजपाले मोर्चाको औचित्य सकिएको निष्कर्ष निकालेको हो । यद्यपि, मोर्चा विघटन भएको घोषणा भने नभएको, बैठकमा सहभागि अध्यक्ष मण्डलका एक सदस्य अनिल कुमार झाले बताए ।

उनले भने, ‘विघटन नै भयो भनेर नभनौँ । अब हामी एकिकरण भयौँ । उपेन्द्र जी चुनावमा सहभागि हुनु भो । हामी संविधान संशोधन पछि मात्रै चुनावमा जाने भनेका छौँ । अब मोर्चा रहेन भन्ने कुरा स्वभाविक हो ।’

अध्यक्ष मण्डलका अर्का सदस्य महिन्द्रराय यादवले भने संघीय समाजवादी फोरम नेपालले धोका दिएको बताएका छन् । झाले भने उपेन्द्र जीले धोका नै दिएको भनेर नभनौं, भनेका छन् । राजपा नेपालका अध्यक्ष मण्डलहरुले बोल्ने क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै मधेसी मोर्चामा भएको निर्णय विपरित कार्य गरेको भनि आलोचना समेत गरे ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उपेन्द्र यादवले मधेशी मोर्चालाई मात्र होइन, सिगों मधेशलाई धोका दिएको आरोप लगाए । उनले सविधान संशोधन नभएसम्म राजपा कुनै पनि हालतमा चुनाव नजाने स्पष्ट पारे ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अब मधेसी मोर्चाको औचित्य समाप्त भएको बताए । अब मधेसमा कुनै मोर्चा नबन्ने बनाउँदै उनले राजपा पार्टीमा गोलबन्द हुन सम्पूर्ण मधेसवादी दललाई आग्रह गरे ।

बैठकले रापपामा आवद्ध ६ पार्टीले हस्ताक्षर गरेको पार्टी एकिकरण सम्बन्धि प्रेस विज्ञप्ति र वैशाख १३ गते नै निर्वाचन आयोगलाई पठाएको एकिकरणको जानकारी सम्बन्धि पत्रको स्वामित्व ग्रहण गर्दै अनुमोदन गरेको छ ।

यस्तै, पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्ने, झण्डा आयातकार ३ खण्डमा सबै भन्दा माथि रातो, बीचमा सेतो र तल हरियो रंग रहने निर्णय बैठकले गरेको छ । पार्टीको चुनाव चिन्ह खुलेको छाता राख्ने निर्णय भएको छ ।

६ वटै पार्टी एकीकरणको सिलसिलामा भएको सम्झौतापत्र लगाउत आवश्यक सबै कागजातहरुमा हस्ताक्षर गर्ने र निर्वाचन आयोग लगायत निकायहरुसँग एकिकरण सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गर्नका लागि पार्टीको अध्यक्ष मण्डललाई अधिकार दिने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, एकीकरण पश्चात ६ वटै पार्टीका नाममा रहेको चलअचल सम्पति राजपा नेपालको नाममा स्वामित्व हस्तान्त्रण गर्ने निर्णय भएको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ