arrow

क्यान महासङ्घले मनायो रजत महोत्सव, सरकारसँग सहकार्य गर्न तयार 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
can-federation-1.jpg

 काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधिको विस्तारमा सरकारसंग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताएका छन् ।

महासंघको रजत महोत्सवको अवसरमा राजधानीमा भएको कार्यक्रममा ढकालले स्मार्ट सिटीको अवधारणाको कार्यान्वयन, ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तारलगायत कार्यमा सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका हुन् । 

स्थापना भएको २५ वर्ष पूरा गरी २६औं वर्षमा प्रवेश गरेको अवसरमा महासङ्घले विभिन्न कार्यक्रम गर्दै रजत महोत्सव मनाएको हो ।

रजत वर्षको अवसरमा महासङ्घले सूचना प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न ३ विधामा पुरस्कारसमेत प्रदान गरेको छ । 

सूचना तथा प्रविधिविज्ञ मनोहरप्रसाद भट्टराई यस वर्षको आईसीटी एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । महासङ्घले उनलाई ५० हजार नगदसहित पुरस्कृत गरेको हो ।

त्यस्तै, सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको महत्त्वपूर्ण प्रयोगकर्ताका रूपमा सर्वोच्च अदालतलाई सम्मानित गरिएको छ । 

सर्वोच्चलाई यस वर्षको ‘बेष्ट आईसीटी युजर इन पब्लिक सेक्टर’ अवार्ड प्रदान गरिएको हो ।

इन्फो डेभलपर प्रालिले यस वर्षको ‘बेष्ट आईसीटी युजर इन प्राइभेट सेक्टर’ अवार्ड प्राप्त गरेको छ । 

६ सयभन्दा बढी वित्तीय संस्थालाई एकाउण्टिङसम्बन्धी सफ्टवेयर निर्माण गरी सेवा दिइरहेको इन्फो डेभलपर अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै पुरस्कृत भएको हो । 

त्यसबाहेक यस वर्षको ‘इन्नोभेटिभ अवार्ड’का लागि भने कुनै पनि निवेदन नपरेको महासङ्घका अध्यक्ष इञ्जिनीयर विनोद ढकालले जानकारी दिए । 

पुरस्कृत तीनओटै विधामा परेका मनोनयन तथा सुझावको मूल्याङ्कनका लागि छुट्टै निर्णायकमण्डल गठन गरिएको थियो ।

२ वर्षअगाडि महासङ्घका रूपमा रूपान्तरण भएको क्यानले पूर्वअध्यक्षलाई समेत रजत वर्षको अवसरमा सम्मान गरेको छ ।

 ५४ जिल्लामा आफ्नो शाखा विस्तार गर्न सफल क्यान महासङ्घले सूचना प्रविधिको क्षेत्रमा विभिन्न प्रचारात्मक कार्यक्रमका साथै गोष्ठी, सेमिनार, मेला–महोत्सवसमेत गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ