arrow

काठमाडौंमा काँग्रेसले खाता खोल्यो, टोखा नगरपालिकामा दुई उम्मेदवार निर्विरोध

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
tokha-elected-congress-dalit-women.jpg

काठमाडौं। नेपाली काँग्रेसले काठमाडौंमा खाता खोलेको छ। स्थानिय तहको चुनावमा काठमाडौं उपत्यकाबाट काँग्रेसका उमेद्वार निर्विरोध भइ विजयी शुरुवात समेत गरेको हो। काठमाडौं जिल्लाको टोखा नगरपालिकामा काँग्रेसका दुई महिला उमेद्वार निर्विरोध भएका हुन्। 

नेपाली काँग्रेसबाट निर्विरोध भएका दुवै दलित महिला सदस्य हुन्। पत्रकार रमेश विष्टका अनुसार टोखा नगरपालिका वडा नम्बर ६ बाट काँग्रेसकी दिलमाया विश्वकर्मा निर्विरोध भएकी छिन । त्यसैगरि वडा नम्वर २ बाट काँग्रेसकै उमेद्वार प्रतिमा हिङमाङ पनि निर्विरोध भएकी हुन्। टोखा नगरपालिकामा काँग्रेसबाट हरिहर अधिकारी र रजनी थापा मेयर र उपमेयरको लागि मैदानमा रहेका छन्। टोखामा ११ वटा वडा रहेको छ। 

यसअघी मनाङको नारफु गाउपालिकामा अध्यक्ष मिङमा छिरिङ लामा अध्यक्षमा निर्वाचित भएका थिए। म्याग्दीको रघुगंगा गाउपालिका वडा नम्वर ३ मा अध्यक्ष एक बहादुर गर्वुजा र वडा नम्वर ८ बाट काँग्रेसका वडा सदस्यहरु खमबहादुर छन्त्याल प्रिति गर्वुजा र यामकुमाररी गोतामे घर्ती निर्विरोध भएका छन्। गोरखाको चुम्नपी गाउपालिका वडा नम्वर १ को अध्यक्षमा विर बहादुर लामा, वडा नम्वर ३को अध्यक्षमा पेम्वा रितार र वडा नम्वर ५मा सोपा ग्याल्तेन लामा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। सिन्धुपालचोकको पाखर पाउपालिकाबाट सुनिता सुनार पनि निर्विरोध भएकी छन्। 

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन विजय यात्राको शुभारम्भ गरेको नेपाली कांग्रेस स्थानीय निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले बताए । काठमाडौंको विजयले कार्यकर्तालाई थप उत्साहित बनाएको उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ