arrow

भूकम्पपीडितलाई सहयोग गर्दै सुखवती फाउन्डेसन नेपाल

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Kambal-650x434.jpg.jpeg

काठमाडौँ । भूकम्पले घरबार गुमाएर अस्थायी टिनको टहरा र शिविरमा बस्दै आएका पीडितलाई सुखवती फाउन्डेसन नेपालले न्यानो कार्यक्रमअन्तर्गत सिरक वितरण कार्यक्रम थालेको छ । दक्षिण कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा रसुवा, दोलखा, सिन्धुपल्चोक र नुवाकोटका ग्रामीण क्षेत्रका भूकम्पपीडित परिवारलाई सो फाउन्डेसनले अहिलेसम्म पाँच हजार पाँचसय सिरक वितरण गरिसकेको फाउन्डेसनका उपाध्यक्ष चिजमान गुरुङले बताउनुभयो ।

“टिनको टहरा र गाउँ नै उठीवास भएर अस्थायी शिविरमा बसेका पीडितलाई जाडोयाम सुरु भएलगत्तै गाउँमै पुगेर न्यानो कार्यक्रमअन्तर्गत सिरक बाँडेका हौँ,” फाउन्डेसनका उपाध्यक्ष गुरुङले भन्नुभयो । पछिल्लो पटक सिन्धुपाल्चोकका कदमवास, साँगाचोक, बाह्रविसे, थुमपाखर, माङ्खा, चौतारा, पिपलडाँडालगायत एघार गाविसका पाँचसय घरपरिवारलाई सिरक बाँडिएको र थप पाँचसय घरपरिवारलाई छिट्टै बाँडिने फाउन्डेसनका महासचिव राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो ।

फाउन्डेसनले पुराना कपडा, घरायसी सामान, किताब, गमला लगायतका सामग्री सङ्कलन गरी पुनःप्रयोगमा ल्याउने अभियान चलाइआएको छ । त्यस्ता सामग्री पुनःप्रयोगका लागि योग्य बनाएर दश रुपैयाँदेखि एक हजार रुपैयाँसम्ममा बेच्ने र सङ्कलित रकम असहाय एवम् गरिब परिवारको आर्थिक हितका लागि प्रदान गर्ने काम फाउन्डेसनबाट हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ