arrow

बिप्लबका कार्यकर्ताद्वारा काँग्रेस उम्मेदवारमाथि आक्रमण 

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
congress.jpeg

पोखरा । नेपाली कांग्रेस कास्की अन्नपूर्ण गाउँ पालिका वडा नम्बर ५ का वडाध्यक्ष का प्रत्यासी जीवनाथ पौडेल (शंकर) चढेको ग १ च ८५६८ नम्बरको जिपमा तोडफोड गरिएको छ । 

 

वडा नम्बर ५ मा प्रचार प्रसारको क्रममा ४,५ जनाको समुहमा आएका नेत्र विक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने उनीहरुले गाडीको शिशा पुर्ण रुपमा क्षति पुरयाउनुका साथै प्रचारको क्रममा रहेका स्थानीय कांग्रेस कार्यकर्ता नान बहादुर केसी लगायत माथि समेत ढुङ्गा प्रहार गरी घाईते बनाएको नेपाली कांग्रेसका महाधिवेशन  प्रतिनिधि राज बहादुर गुरुङले जानकारी दिए । 

 

हाल सो स्थानमा प्रहरी र स्थानीयबासीले आक्रमणकारीको खोजी तीब्र बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ