arrow

महाभियोगबारे छलफल गर्ने भनिएको संसद बैठक स्थगित

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौँ । व्यवस्थापिका–संसद्को विहिबारको बैठक स्थगन भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो ।

आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी दल एमालेले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ