arrow

सूर्यविनायकका मेयरका प्रत्यासी बिष्णु भन्छन्, 'अग्रजहरुको माया र यूवाको साथ नै जीतको आधार '

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
bishnu-karki-door-to-door_campaign.jpg

भक्तपुर । बक्सिङकका सौखिन खेलाडी बिष्णु कार्की यतिखेर बक्सिङको रिङमा भेटिदैनन् । रंगशालामा कुनै बेला बक्सिङ खेल्दै गरेका भेटिने बिष्णु आफूलाई थप निखार्न र फूर्तिलो बनाउन डाइटमा पनि त्यतिकै ध्यान दिन्थे । बक्सिङको रिङमा सौखका उत्रेका उनै बिष्णु यतिखेर राजनीतिको रिङमा भने भिडिरहेका छन् ।

मतदातामाझ पुगिरहेका कार्की जनताको माया र साथलाई डाइट बनाएर उनीहरुकै साथमा विपक्षीलाई रिङ आउट गर्न दिन रात नभनी लागि रहेका छन्। चुनाव प्रचार प्रसारमा सूर्यविनायकमा घरदैलोमा रहँदा मतदाताहरुले देखाएको माया र हौसलाबाट उत्साहित भएका कार्की आफ्नो परिवार झै पुरै यस क्षेत्रका जनताको सेवामा खटिने वाचा गर्दै पनि आएका  छन्। 

कार्कीका पीताजी श्याम बहादुर २०५४ मा साविकको वालकोटका गाविसका अध्यक्ष थिए। २०४९ मा नै सुकुम्वासी आयोगका केन्द्रीय सदस्य भएका उनका पीताजी त्यस यता जनताकै सेवामा लागिरहे। अहिलेको जस्तो खुल्ला समाजमा अनि प्रजातन्त्रिक व्यवस्थामा राजनीति गर्न सबैलाई सजिलो छ। तर वालकोटका यो कार्की परिवारले पञ्चायतको निरंकुश शासन व्यवस्थामा पनि जनपक्षीय राजनीति गर्न आँट गरेको थियो। काँग्रेसको नाममा राजनीतिमा सक्रिय कार्की परिवार जनताको सुखदुखमा एकाकार थियो । हजुरबा कृ्ष्ण ठकुरी पञ्चायतको विरोध गर्दा जेल परे। सुन्दरीजल जेलमा व्ल्याक आउट गर्ने बेलामा करेन्ट लागेर सुन्दरीजल जेलमा बितेका थिए। हजुरआमा थीर कुमारी कार्की पनि पञ्चायतकालमा ७ बर्ष जेल परेकी थिइन। पीताजीले पनि निकै हण्डर खाएका थिए। तर पनि त्यो परिवारले जनताको माझ नै बस्न स्विकार्‍यो। पञ्चायतको शरण परेन। 

कार्की परिवारले आफ्नो परिवार नै पुरै काँग्रेसको माध्यमबाट जनताको सेवामा होमेको थियो। काँग्रेसको पारिवारिक पृष्ठभुमी भएका कार्की तेस्रो पुस्ताका काँग्रेस हुन। पुरै परिवार काँग्रेसको राजनीतिमा विताएको त्यो परिवारका बिष्णु पनि राजनीतिबाट अछुतो हुने कुनै थिएन। 

२०४८ मा नेविसंघमा प्रवेश गरेका बिष्णु २०४९मा नेपाल ल क्याम्पसमा नेविसंघ इकाई सचिव हुँदै नेविसंघ भक्तपुरका अध्यक्ष समेत भए। नेविसंघको केन्द्रीय सदस्य हुँदै केन्द्रीय सहमहामन्त्री भएका उनी नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सदस्य र सचिव हुँदै महासमिति सदस्य समेत भए । उनी यतिखेर सूर्यविनायकको चुनावी मैदानमा काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी भएका छन्। 

स्थानिय तहको निर्वाचनको मनोनयनसँगै उनी आफ्नो नगरका मतदातामाझ पुग्न थालेका छन्। पहिलो चरणको मतदान हुने प्रदेश नम्वर ३, ४ र ६ मा उत्साहपूर्वक मननोयन भएपछि चुनावमा वाधा पर्नेहोकी भन्ने आशंका पूर्णत हटेपछि उनको गती पनि बढेको छ। 

राजधानीसँगै जोडिएको भक्तपुरको सूर्यविनायकमा नेपाली काँग्रेसका कार्यकर्ताहरु र आफ्ना शुभेच्छुकहरुसँगै चुनावी प्रचारमा व्यस्त काँग्रेसका यूवा उमेद्वार कार्की आफ्नो अलग पहिचानका साथ चुनावी मैदानमा छन्। नगरका टोल समाजमा समाजसेवा र राजनीतिमार्फत बर्षौदेखि पहिचान बनाएका स्थानिय वयोवृद्धदेखि यूवाहरुमाझ पुगिरहेका छन्।  

मेयरका लागि काँग्रेसबाट प्रत्यासी भएका कार्की भन्छन, ' स्थानियले स्थानियस्तरमा देखिने परिवर्तन चाहेका छन्। आफ्नो क्षेत्रमा महशुस हुने गरि विकास चाहेका छन्। '  निर्वाचित जनप्रतिनिधी नहुँदा पनि नगरमा विभिन्न समितिहरुमा रहि काम गरेका कार्की स्थानिय आफ्ना पिताजीको नाममा स्थापित संस्था मार्फत पनि समाजसेवामा सक्रिय छन्। वालकोटमा स्थानिय उननको वरिपरि नयाँ बस्ती ह्वात्तै वढेको छ। पुारना वासिन्दा र नयाँ वासिन्दाहरुको संगमस्थल बनेको सूर्यविनायकलाई नमुना नगरपालिका बनाउने योजना समेत उनले अगाडी सारेका छन्। स्थानिय संस्कृतिको जगेर्ना गर्दै पर्यटन उद्योग र उद्यमिशलतामा सहयोगी भूमिका खेल्ने योजना उनले अगाडी सारेका छन्। यूवाहरुलाई खेलकुदमा संलग्न गराइ खेलकुदको विकास र प्रवर्द्धनमा लाग्ने आफ्नो कार्ययोजना उनले अघी सारेका छन्। नगरको विकासको लागि आफूसँग नविन सोचहरु रहेको र त्यसलाई पुरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनले बताए। 

चुनावी प्रचारको व्यस्त समयका बीच उनले भने नागरिकको सुखदुखमा दिनरात नभनी लाग्छु। उनले स्थानियस्तरमा मर्दा पर्दा लागरहेको र आगामी दिनमा पनि लागिरहने बताए । मतदाताहरुसँग विश्वास व्यक्त गर्दै उनले भने, 'यहाँका सबैले यहि खटेको देख्नुभएकै छ, मान्छे चिन्नुभएको छ। काम गर्ने मानिसलाई वडा अध्यक्षको जिम्मेवारी दिएर पठाउनेमा विश्वस्त रहेको छु।' अबको ५ बर्षसम्म वडा विभिन्न टोल तथा यस क्षेत्रमा बस्ने नागरिकको हक हितका पक्षमा काम गर्नेगरि आफू लागेको उनले बताए। उनले थपे, ' अग्रजहरुले दिएको माया र यूवाको साथ नै मेरो जीतको आधार हो।' राजनीतिमा पारिवारिक विरासत थाम्न मात्र हैन उनै जनताको सेवामा आफूलाई पूर्ण रुपमा समर्पित गर्नेछु उनले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ