arrow

उम्मेदवारी फिर्ताले नयाँ शक्तिलाई झट्का

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख २३ शनिबार
syangja-udaya.jpg

स्याङ्जा । नयाँ शक्ति पार्टी नेपाललाई स्याङ्जामा झट्का लागेको छ । एमालेको उपाध्यक्ष उदय श्रेष्ठले नयाँ शक्ति र संघीय फोरमबाट वालिङ नगरपालिकाको मेयरमा उम्मेदवारी दिए लगत्तै फिर्ता लिएका कारण उम्मेदवारी विहिन बन्न पुग्दा यस्तो झड्का लागेको हो ।

एमालेले पार्टी कार्यकर्ताको भावना विपरीत उम्मेदवार छनोट गरेकोमा असन्तुष्टी व्यक्त गर्दै आएका एमालेका उपाध्यक्ष श्रेष्ठले नयाँ शक्तिसँग मिलेर मेयर पदमा उमेदवारी दिएका थिए । सकारात्मक सोचको वेवास्ता गर्दै श्रेष्ठले पार्टीसँग सल्लाह नै नगरी उम्मेदवारी फिर्ता लिएकोमा नयाँ शक्ति पार्टी वालिङ नगर समितिले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गरेको थियो । 

नयाँ शक्तिले वालिङ नगरपालिकामा मेयरमा टिकाराम रेग्मी र उपमेयरमा दिपा भुषाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एकाएक राजनीतिमा चारदशक एमालेमा रहेर काम गरेका श्रेष्ठले नयाँ शक्तिसँग मिलेर मेयर पदमा उम्मेदवारी दिएसँगै टिकाराम रेग्मीको उम्मेदवारी फिर्ता गरी श्रेष्ठलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नयाँ शक्ति पार्टीलाई उम्मेदवार विहिन बनाउने षड्यन्त्रको घोर भत्र्सना गर्दै एमालेकै निर्देशनमा उम्मेदवारी फिर्ता गराउन ठूलो आर्थिक चलखेल भएको विज्ञप्ती मार्फत् आरोप लगाईएको छ । पार्टीले उम्मेदवार नपाएर श्रेष्ठलाई गुहार माग्न नगएको भन्दै चुनाव परिचालन समिति वालिङका संयोजक टिकाराम रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तीमा यो राजनीतिको बेइमानीको ठुलो पराकाष्ठा भनिएको छ।  

एमाले पार्टीले मेरो राजनीति सिध्यायो, नयाँ शक्तिसँग सहकार्य गर्न आफु तयार भएको भन्ने सहमतिका आधारमा श्रेष्ठलाई मेयर पदको उम्मेदवारी दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीलाई ठुलो झट्का दिने उद्देश्य श्रेष्ठसँग रहेको उल्लेख गर्दै विज्ञप्ती मार्फत भनिएको छ 'हामी कुनै पनि हालतमा विचलित नभई लोकतान्त्रिक विधिबाट हुन लागेको स्थानीय तहको निर्वाचनमा बाँकी उम्मेदवारहरुलार्इ सहभागी गरार्इने जनाइएको छ ।

वालिङको उपमेयरमा दिपा भुषाल, वालिङ ४ मा मेखबहादुर गुरुङ, ९ मा टेमकुमारी भुषाल र वडा नं. १३ मा रविन पाठक वडा अध्यक्ष सहित सदस्यहरु घरदैलो कार्यक्रम भइरहेको पनि विज्ञप्तीमा रेग्मीले उल्लेख गरेका छन् । 

नयाँ शक्ति पार्टी नेपालले संघिय समाजवादी फोरमको चुनाव चिन्ह मसाल लिएर उठेको छ । फोहोरी राजनीतिलाई सफा बनाउने दृढ संकल्प वोकेको पाटी नयाँ शक्ति अवको निकास आर्थिक विकास सम्भव छ हामै पालामा भन्ने मुल नारा सहित अगाडी बढेको र षडयन्त्र र बेइमानीका बावजुद पनि पार्टी विचलित नभई अगाडी बढ्ने जानकारी दिएको छ । 

Displaying bigyapti.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ