arrow

उवासंघ मकवानपुरले उम्मेदवारलाई दियो आफ्नो क्षमता देखाउने मौका 

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख २३ शनिबार
Interaction_hetauda.jpg

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा विभिन्न दलहरुबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आआफ्नै ढङ्गले शहरको विकास गर्ने रणनीतिक योजना सुनाएका छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो योजना सुनाएका हुन् । 

शनिबार उद्योग वाणिज्य संघले विभिन्न उम्मेदवारहरुलाई बोलाएर मतदाताले भोट किन दिने भन्ने विषयमा एजेण्डा प्रस्तुत गर्न आग्रह गरेको थियो । सो कार्यक्रममा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफू विजयी भएमा समग्र नगरको आर्थिक, औद्योगिक तथा व्यावसायिक विकासको सम्बन्धमा मेयर तथा उपमेयरका प्रत्यासीहरुसँग छुट्टाछुट्टै प्रतिवद्धता जाहेर गरेका थिए । 

उनीहरुले आर्थिक समृद्धिमा भावी कार्ययोजनाको बारेमा विभिन्न योजनाहरु प्रस्तुत भएका थिए । कार्यक्रम मार्फत उपमहानगरका मेयर तथा उपमेयरका १० प्रत्याशीहरुले आआफ्ना धारणा तथा प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तो रचनात्मक कामको लागि मकवानपुरमा उद्योग वाणिज्य संघप्रति भने आम मानिस सकारात्मक टिप्पणी सुरु गरेका छन् । यस्तो कार्यक्रमले उम्मेदवारहरुको बौद्धिक क्षमताको परीक्षा निर्वाचन अगावै गर्न सकिने भन्दै संघको प्रशंशा गरिएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ