arrow

गम्भीर समयमा किन गरिन् राष्ट्रपतिले मधेसी मोर्चासँग ठट्टा ?

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपतिले मोर्चाका नेताहरूलाई पकौडा खुवाएर सत्कार गरेकी थिइन् । नेताहरूले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोधिन्, ‘पकौडा त मिठै होला ?’ 

नेताहरूले जबाफ दिए, ‘हजुरको सम्धी (पूर्वराष्ट्रपति डा रामवरण यादव) ले त मिठाइ, दही र चिउरा खुवाउनुहुन्थ्यो ।’ 

लगत्तै भण्डारीले आफ्नो भान्छामा पाकेको खुवाउन निम्ता गरेको बताएको र आफ्ना सम्धीको सत्कारलाई समेत ध्यान दिँदै मिठाइ, दही र चिउरा पनि खुवाएको जानकारी स्रोतले दियो ।

‘मधेसी नेताहरूले मैथिली परम्परा त सिक्नैपर्याे राष्ट्रपतिले’ छोरी दिएपछि सिक्दैछु। त्योभन्दा अघि विराटनगरमा रहँदा मदन भण्डारीले पनि मिथिला खाना मन पराउनुहुन्थ्यो’ भनेकी थिइन् ।

राष्ट्रपतिले अत्यन्त अनौपचारिक हुँदै मधेसको संस्कार, संस्कृति र रीतिरिवाजका विषयमा समेत परामर्श गरेको जानकारी स्रोतले दियो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ