arrow

हिन्दूराष्ट्र कायम गर्न भारतले पटक–पटक ठुङेको थियो : देउवा

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
deuba.jpg.jpeg
मोरङ । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले हिन्दूराष्ट्र कायम गर्न आफूलाई भारतले पटक–पटक दबाब दिएको खुलाएका छन् । पेलेर धर्मनिरपेक्षता कायम भएपछि भारत असन्तुष्ट भएको समेत नेता देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए । 
 
नेता देउवाले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको जानकारी दिए । आसन्न १३ औं महाधिवेशनले पार्टी सुदृढीकरणले गति पाउने देउवाको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ