- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गायक बिमल पराजुलीको दोस्रो साङ्गीतिक एल्बम फिरिरिको काठमाडौमा एक कार्यक्रमका बीच बिमोचन भएको छ।
बैशाख २३ गते काठमाडौंको शर्वनाम थियटरमा पराजुलीको एल्वम फिरिरिको संगीत तथा नाट्य प्रज्ञा प्रतिठानका कूलपती तथा वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आथीत्यतामा बिमोचन भएको थियो।
बिमोचन कार्यक्रममा गायक पराजुलीले पहिलो साङ्गीतिक एल्बम "युग" मार्फत एक दशक अगाडि गायन क्षेत्रमा प्रबेश गरेका गायक बिमल पराजुली तिमी उस्तै रुवाउने , आयो रन्को, बैगुनी हुँ भन्दा भन्दै , हिजो भन्दा आज धेरै र आगामी एल्वममा आउने राष्ट्रीय भाब को गीत "फल्दैन सुन बिदेश मा फर्कौ न अब त" गीतहरु गाएका थिए ।
कार्यक्रममा भिडियो निर्देशक रमेश बाबा नेपालद्वारा निर्देशित "तिमी उस्तै रुवाउने" बोलको गीतको म्यूजिक भिडियो समेत प्रदर्शन गरिएको थियो।
बिमल पराजुलीको एकल गायन र संगीत रहेको फिरिरि एल्बममा क्रमशः शब्द प्रकट पगेनी (शिव), बिजय राज पौडेल,रमेश सुबेदी, चिरञ्जिवी आचार्य र जय गौडेलको रहेको छ ।