arrow

महाभियोगबारे सभामुखको कडा वक्तव्य

किचलो नमिलेपछि संसद जेठ ४ सम्मका लागि स्थगित

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
onsari_gharti_.jpg

काठमाडौं । व्यवस्थापिका संसदको बैठक जेठ ४ गते सम्मका लागि स्थगित भएको छ । आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राजनीतिक सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसद सचिवालयले विशेष कारणबस बैठक स्थगित गरेको सभामुख ओनसरी घर्तीले बताइन् ।

बैठक स्थगित भए लगतै संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा सभामुख ओनसरी घर्तीले मुलुकको परिस्थिति अत्यन्तै गम्भीर रहेकाले सबै निकाय र पदाधिकारीले आत्मसमीक्षा गर्दै वार्ता र छलफलबाट समस्याको समाधान निकाल्न सजिलो होस् भनेर बैठक स्थगित गरेको बताइन् ।

सभामुख घर्तीले संविधानको धारा १०१ को उपधारा २ बमोजिम संसद सचिवालयमा दर्ता भई विधिवत रुपमा संसदमा प्रवेश गरिसकेको प्रधानन्यायाधीश शुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्ने विषय संसदको आन्तरिक र विशेषाधिकारको भएको उल्लेख गरिन् ।

व्यवस्थापिका संसदको आन्तरिक मामिला र विशेषाधिकारमाथि कुनै पनि निकायले हस्तक्षप गर्न नमिल्ने समेत सभामुख घर्तीले प्रष्ट्याएकी छन् ।

सभामुख घर्तीले शक्ति पृथकिकरणको सिद्धान्त अनुसार संविधानले नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार स्पष्ट तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने भन्दै वक्तव्य पनि निकालेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ