arrow

सेनाको घरमा मानव मलमूत्र र भान्साको फोहरबाट बायोग्यास

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख २४ आइतबार
bayo_gas.jpg

विराटनगर । मोरङको कटहरी गाउपालिका वार्ड नम्बर –६ स्थित सूर्य दल गणको हेडक्वार्टरमा वायोग्यास प्लान्ट जडान गरिएको छ । खाना पकाउन सहज होस भन्ने उद्देश्यले गणमा वायोग्यास प्लान्ट जडान गरिएको हो । २५ घन मिटर क्षमता रहेको उक्त वायोग्यास प्लान्टको पूर्वी पृतनापति प्रलाद् थापाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, जिल्ला विकास समन्वय समिति तथा सूर्य दल गणको आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको जिल्ला समन्वय समितिका उर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।  करिब ३ लाखको लागतमा प्लान्ट जडान गरिएको हो । प्लान्टबाट एक सय जनालाई सहज रुपले खाना पकाउन सकिने सिंहको भनाई छ । मानव मलमूत्र तथा किचेनबाट निस्कने फोहरबाट प्लान्ट संचालनमा ल्याइएको छ  । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको एक लाख, जिल्ला समन्वय समितिको ५० हजार र बाँकी सूर्य दल गणको सहयोगमा प्लान्ट जडान गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला तथा स्थानीय विकास अधिकारी सोभाखर रेग्मीले सौर्य ऊर्जा र वायो ऊर्जालाई अन्य ठाउँहरुमा  समेत प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । प्लान्ट जडानले निकै सहयोग पुगेको सूर्य दल गणका गणपति इन्दिवर विष्टले बताए । यस अघि पनि जिल्ला विकास समन्वय समिति र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा विराटनगर कारागारमा वायो ग्यासबाट विद्युत्त उत्पादन गरिसकेकोे सिहको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ