arrow

प्रधानन्यायाधीश राष्ट्रपति भेट्न शीतल निवासमा

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
sushila-karki.jpg

काठमाडौं । निलम्बनपछि नियमित कामकाजमा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्की फेस सेभिङमा लागेकी छन् । कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर विदा बस्ने वा के गर्ने भन्ने विकल्प निकाल्दै छिन् । कतिपयले प्रधानन्यायाधीश कार्कीले राजीनामा दिन सक्ने समेत अड्कल काटेका छन् । संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ ।

कार्कीको भेट औपचारिक वा अनौपचारिक भन्ने समेत खुलेको छैन । कार्कीको राष्ट्रपतिसँगको भेटको जानकारी सम्म पनि आफुसँग नभएको प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताए ।

सर्वोच्चभित्र प्रधानन्यायाधीश कार्की अब अदालतबाट विदा हुन खोजिरहेको अड्कल काटिएको छ । अदातल स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशले हिजोको व्यवहार नदेखाउने र संसदको महाभियोग पनि अघि नबढाउने विषय विकास भएको छ  ।’ कार्कीको फेस सेभका लागि विदा मिलाउने विषयमा पनि छलफल भएको बताइएको छ । महाभियोग रोक्न भनि सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्कीलाई अदालत फर्काएका छन् । विपक्षीका नाममा काममा फर्कन दिनु भन्ने आदेश भएपछि कार्की आइतवारदेखि नै सर्वोच्चमा हाजिर भएर काम थालेकी छन् । 

कार्कीको आचरणलाई लिएर संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि संवैधानिक प्रावधानले स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेको व्यक्ति नैतिकताले काममा फर्किन हुन्छ कि हुँदैन भन्ने विषयमा विज्ञहरुले चर्चा गर्न थालेपछि कार्कीलाई नैतिक दबाब परेको छ । महान्यायाधिवक्ताको कार्यालय स्रोतले कार्कीले राजीनामा दिने सम्मको चर्चा चलिसकेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ