arrow

अदालतसँगको समस्या संविधानसम्मत रुपमा निर्वाचन पछि हल गरिन्छः रमेश लेखक

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
congress-ramesh-lekhak-press-meet.jpg

काठमाडौं। नेपाली काँग्रेस प्रचार उपसमितिका संयोजक रमेश लेखकले काँग्रेस पूर्ण रुपमा स्थानिय तहको चुनावमा केन्द्रीत भएर यसलाई सफल बनाउन लागिपरेको बताएका छन्। सरकार र सत्तारुढ दलहरु निर्वाचनमा केन्द्रीत भएकोले सरकार र संसदसँग अदालतको देखिएको समस्याहरु संविधानसम्मत रुपमा निर्वाचन पछि हल गरिने लेखकले बताए।

काँग्रेस प्रचार प्रसार उपसमितिले गरेको नियमित पत्रकार सम्मेलनमा लेखकले नेपाली काँग्रेस विधीको शासनमाथि विश्वास गर्ने मात्र नभइ विधीको शासन स्थापनाका लागि जन्मदेखि आजसम्म लडिरहेको स्मरण गराउँदै कसैलाई पनि अनावश्यक भ्रममा नपर्न आग्रह गरे। उनले भने, ' काँग्रेस अदालतलाई मान्ने र सम्मान गर्ने पार्टी हो। तर केहि यता अदालतका काम कार्वाहीले कार्यपालिका र संसदको काममा हस्तक्षेप भएको छ। यसको संवैधानिक हल चुनावपछि खोजिन्छ।' 

नेपाली काँग्रेस स्थानिय तहको चुनावलाई सर्वस्वीकार्य बनाउन सबै पक्षसँग छलफलमा लागिरहेको लेखकले बताए। संविधानको सर्वस्विकार्यता र कार्यान्यवन अहिलेका दुई महत्वपूर्ण मुद्धा भएको जनाउँदै लेखकले सबैले स्विकार्य हुने संविधान बनाउने र कार्यान्वयनका लागि निर्वाचन गर्ने काँग्रेसका प्राथमिकता भएको बताए। संविधान बनाउने कामको नेतृत्व गरेको काँग्रेस यसको कार्यान्वयनका लागि पनि नेतृत्व लिइरहेको उनले बताए। चाहन्छ। त्यसैले काँग्रेस चुनाव गराउने कामको नेतृत्व गरिरहेको छ र यसलाई सफल बनाउन लागिपरेको लेखकले बताए। । 

निर्वाचनको माहौल हेर्दा जनलहर काँग्रेसको पक्षमा आएको उनले दावी गरे। लेखकले भने, '४ वटै महानगरपालिका समेत अधिकांश नगरपालिकामा काँग्रेस अगाडी छ र जीतको नजिक छ। ' निर्वाचन हुने सबै जिल्लामा केन्द्रीयस्तरबाट नेताहरु खटिनुभएको र सबै आफ्नो सम्वन्धित जिल्लामा पुग्नुभएको लेखकले बताए। 

काँग्रेसले केहि जिल्लामा तालमेल गरेको र तालमेल भएका ठाउँमा संयुक्त रुपमा प्रचार प्रसार शुरु भएको जनाउँदै अब ति ठाउँहरुमा पनि कहि पनि समस्या नभएको उनले बताए। 'तालमेल भएको ठाउँमा पनि समस्या नभएका कारण हामी चुनाव जित्दैछौ। ' लेखकले भने। 

केहि ठाउँमा नेपाली काँग्रेसका उमेद्वारहरुमाथि आक्रमण र उनीहरुको सवारी साधनमाथि आगजनी र तोडफोड भएकोमा काँग्रेसले भत्सर्ना गरेको छ। निर्वाचन भयरहित र स्वच्छ बनाउन सरकार लागिपरेको छ। काँग्रेस थप उर्जाका साथ अगाडी बढ्छ लेखकले थपे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ