arrow

सिटौलाले भने–कार्यकारी अधिकारको रक्षार्थ महाअभियोग

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg

भक्तपुर  । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यकारी अधिकारको सुनिश्चितताका लागि प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याइएको बताएका छन् ।

काँग्रेस चाँगुनारायण नगरस्तरीय चुनाव प्रचार समितिको आयोजनामा सोमबार खरिपाटीमा आयोजित आमसभामा सिटौलाले ‘न्यायपालिकाले कार्यपालिकाको कार्यकारी अधिकार कुण्ठित हुने गरी निर्णय गर्न थालेको जनाउँदै सोही कारण महाभियोग लगाउनुपरेको प्रस्ट पारे ।

जनताले मुलुकको समृद्धि, शान्ति र विकासका लागि विगतमा सङ्घर्ष गरेको र सो सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको कार्यान्वयन र प्राप्त उपलब्धि रक्षाका लागि काँग्रेस नेतृत्वको विकल्प नभएको नेता सिटौलाको भनाइ छ ।

चाँगुनारायण नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार राजाराम खड्काले नगरको साधन स्रोतको उचित व्यवस्थापन गरी अधिकतम उपयोग गरिने र उपलब्ध साधन स्रोतको उपयोगबाट समृद्ध नगर बनाइने योजना रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ