arrow

तीनवटा गाडी आपसमा ठोक्किँदा तेह्र घाइते

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी एकआपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् । 

रत्ननगर नगरपालिका–१ स्थित सडकमा राति १२ः३० बजेको समयमा उक्त दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ९३११ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । 

दुर्घटनाका क्रममा बा ३ ख ९३११ नम्बरको बसको पछाडिबाट आइरहेको ना ५ ख ९१३६ नम्बरको बस समेत ठक्कर खान पुग्दा दुवै बसका गरेर १३ जना यात्रु घाइते भएका हुन् । 

घाइतेमध्ये चारजनाको रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस र ट्रकका चालक भने इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् । 

तीव्रगतिमा गाडी चलेकाले दुर्घटना भएको अनुमान प्रहरीको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ