arrow

स्याङ्जा घर दैलोमा व्यस्त उमेदवार

५०७ प्रतिनिधिका लागि १४८९ भिड्दै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
Syangja_District.png

स्याङ्जा। बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा होमिएका दलहरुका उमेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। उमेदवारहरु जनताका घर घरमा भोट माग्न पुग्न थालेपछि यतीबेला स्याङ्जाका स्थानीयतहमा चुनावी सरगरर्मी हुवात्तै बढेको छ।

 

निर्वाचनको मिति नजिकिदै जादा उमेदवारले घरदैलो, चुनावी सभा जस्ता कार्यक्रमलाई प्राथामिकता दिएर अगाडी बढेका छन्। ११ ओटा स्थानीय तह रहेको स्याङ्जामा ९७ ओटा वडा रहेका छन्। चुनावलाई पूर्णरुपले भयरहित, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्नका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी र सेनालाई परिचालन समेत गरिएको छ। 


१ लाख ९१ हजार २ सय ५३ मतदाता रहेको स्याङ्जामा ५ सय ७ जनप्रतिनिधिका लागि १४८९ उमेदवारी दिएका छन्। जिल्लामा दर्ता भएका १९ ओटादल मध्ये अधिकांश स्थानीयतहमा ५ देखि ६ ओटा सम्मका दलहरु सहभागि रहेका छन्। केही स्थानीयतहहरुमा स्वतन्त्र उमेदवारी समेत रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

 

काँग्रेस, एमाले र माओवादी केन्द्र विच बाहिरी रुपमा कडा प्रतिस्पर्धा देखिने बताईएपनि स्याङ्जाका सबै जसो स्थानीय तहमा काँग्रेस र एमाले विचनै प्रतिस्पर्धा चर्को हुने देखिन्छ। आ-आफ्ना उमेदवारलाई जिताउन दलका कार्यकर्ताहरु पाटीका झण्डा, व्यानर,प्रर्चा पम्पलेट लगायतका सामाग्रीहरु बोकेर हिडेका छन्। प्रतिस्पर्धामा देखिएका ठुलादका कार्यकर्ताहरुले आफ्नो पाटी र उमेदवारलाई विभिन्न प्रचार प्रसार सहित भोट माग्दै हिडेका छन्।


मुलुककै ठुलो दल नेपाली काँग्रेसले मुलुक परिवर्तनको नेतृत्व र विकासको आधार नै काँग्रेस हो भन्ने नारालाई मुख्य आधार बनाएर भोट माग्दै हिडेका छन्। मुलुकका ठुला ठुला परिवर्तन र नेपाली जनताले लेखेको संविधान काँग्रेसले ल्याएको सन्देश दिदै नगरपालिका र गाँउपालिकाको समग्र विकासमा काँग्रेसको भुमिका महत्वपूर्ण छ भन्दै भोट माग्ने गरेको काँग्रेसका कार्यकर्ता हरु बताउछन्।


आ-आफ्ना पार्टीले निकालेका घोषणा पत्रलाई चुनावी आधार भन्दा पनि स्थानीय स्थरको विकासलाई दलहरुले विशेष गरी जोड दिदै कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर भोट माग्ने गरेका छन्। मुलुकको राष्ट्रिय राजनीतिलाई जोगाउने काम एमालेले मात्रै गरेको पुष्टि भइसकेको र मुलुकको अस्मिता जोगाउन एमालेले संघर्ष गर्दै आएको विचार सगै विकासलाई लिएर मतदाताको घरदैलोमा पुगेको एमालेका कार्यकर्ताहरु बताउछन्।


पहिलो पटक स्थानीय तहको निर्वाचन पहिलो पटक भाग लिएको एमाओवादी केन्द्रले मुलुकमा जनयुद्ध नभएको भए मुलुक परिवर्तन नहुने विषयलाई मुख्य नाराका रुपमा लिएर जनताको घरदैलोमा पुगेको छ। काँग्रेस एमाले पाटी नै माओवादी केन्द्रको बागडोरमा हिडेको  र केन्द्रले गरेको आन्दोलनकै कारण सिंहदरवारको अधिकार गाँउतह सम्म ल्याउन सफल भएको नारा लिएर माओवादी केन्द्रले जनतासगँ भोट मागेको माओवादीका कार्यकर्ता बताउछन्।


११ ओटा स्थानीय तहमा ५नगरपालिका र ६ गाँउ पालिका रहेका छन्। २ सय ८० मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मिलाएको छ। ११ स्थानीय तह मध्ये फेदीखोला गाँउपालिकामा ६ दल प्रतिस्पर्धामा रहेका छन् भने आँधीखोला गाँउपालिकामा ५, विरुवा गाँउपालिकामा ४, अर्जुनचौपारी गाँउपालिकामा ४, हरिनास गाँउपालिकामा ६, कालिगण्डकीमा ४ दलहरु सहभागि सगै प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै गाँउपालिका भन्दापनि नगरपालिकामा चुनावी प्रतिस्पर्धा सगै रौनकता छाएको देखिन्छ। पुतलीबजारमा ७, वालिङमा ६, भीरकोटमा ५, चापाकोटमा ५ र गल्याङमा ६ दलहरुले निर्वाचनमा सहभागि जनाएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, नेकपा संयुक्त, स्वतन्त्र लगायतका दलहरु चुनावी मैदानमा सहभागि रहेका छन्। 


निर्वाचन कार्यालयका अनुसार पुतलीबजार नगरपालिकामा २ सय ४३, वालिङ नगरपालिकामा २ सय ५९, भीरकोट नगरपालिका १ सय ३२, चापाकोटमा १ सय ५१, गल्याङमा १ सय ७४, फेदीखोला गाँउपालिकामा १ सय ३, आँधीखोला १ सय ८, विरुवामा १ सय १२, अर्जुनचौपारीमा ९४, हरिनासमा १ सय २१, कालिगण्डकीमा ९३ जना उमेदवारहरु चुनावी मैदानमा छन्। 

 

चुनावी प्रतिस्पर्धालाई प्रचार प्रसारमा कुनै कन्जुस्याई नगरी आचारसंहिता भन्दा बाहिर दलहरु पुग्न थालेका छन्। यसको अनुगमनमा भने निर्वाचन कार्यालयले खासै ध्यान दिएको छैन। जुन पाटीले जसरी प्रतिस्पर्धा गरेर चुनावी मैदानमा उत्रेपनि यसको परिणाम हेर्न भने जेष्ठको पहिलो साता नै कुर्नुपर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ