arrow

राष्ट्रिय स्वास्थ्य नागरिक अवार्ड कार्यक्रम भदौमा 

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
Health_Award_swasthaykhabar.jpg

काठमाडौं। ८५ बर्ष पुरा भएका नागरिकलाई  ५० हजार नगद सहीत ‘राष्ट्रिय स्वस्थ नागरिक अवार्ड’ दिइने भएको छ। 

शारीरिक रुपमा तन्दुरुस्त, स्वस्थ जीवनशैली अवलम्बन गरेको, क्रियाशील, स्वच्छ छवी भएको र विभिन्न माध्यमबाट सामाजिक सेवामा गरेका २ जनालाई  अवार्ड प्रदान गरिने छ। 

स्वास्थ्य खबरपत्रिकाले हरेक वर्ष गर्दै आएको ‘हेल्थ अवार्ड’ कार्यक्रममा १ जना महिला र १ जना पुरुसलाई सो पुरस्कार प्रदान गरिने भएको हो।

सो अवाडको लागी अवार्ड छनौट समितिले दुई जनाको चयन गर्ने छ। अवार्ड छनौट समिति अध्यक्षमा राष्ट्रिय जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष डा. गौरीशंकरलाल दास र सदस्यहरुमा जेष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेल, डा. शुवास प्याकुरेल र विनय लामा रहेका छन्।

आफ्नो स्वास्थ्यप्रति सचेत रहन तथा स्वस्थ र क्रियाशील जीवनयापनका लागि प्रेरणा दिने उद्देश्यले ‘राष्ट्रिय स्वस्थ नागरिक अवार्ड’ प्रदान गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाकाले जनाएको छ। 

आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष ग्रामीण क्षेत्रमा योगदान पुर्याइरहेका डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र अस्पताललाई सम्मान स्वरुप ‘हेल्थ अवार्ड’ प्रदान गर्दै आएको  पत्रीकाले  सातौँ हेल्थ अवार्ड कार्यक्रम भदौ १६ गते काठमाडौँमा गर्दै छ।

अवार्ड कार्यक्रममा सहभागी हुन जेठ मसान्तभित्र स्वास्थ्य खबरपत्रिकाको कार्यालयमा वा इमेल swasthyakhabar@gmail.com मार्फत आवेदन दिन सकिनेछ पत्रीकाले जानकारी दियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ