arrow

झण्डै रोए कुलमान : ‘एलइडी चिम किन्न पैसा खाएको भेटिए झुण्डिन तयार छु’

मन्त्रिपरिषदबाट निर्णय गराउनु शंकास्पद

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
kulman_news.JPG

काठमाडौं । विजुलीको एलइडी चिम खरिदमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेका छन् ।

मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर घिसिङले आरोपको खण्डन गरे । पत्रकारमाझ निकै भावुक भएर प्रस्तुत भएका घिसिङले एलइडी चिम खरिदमा  कुनै अनियमितता नजोडिएको बताए । सरकारले भारतीय सरकारी कम्पनीसँग दुई अर्बका २ करोड थान एलइडी चिम किन्ने तयारी गरेको छ । प्राधिरणले भारतको सरकारी कम्पनीबाटै खरिद गर्न लागेको भएपनि सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धात्मक टेण्डर नगर्नुको पछाडि आर्थिक हिनामिनाको शंका रहेको भन्दै खबरहरु सार्वजनिक भएपछि घिसिङले पत्रकार सम्मेलन गरेर प्रष्टिकरण दिनु परेको हो ।

केही दिनअघि मात्रै ऊर्जामन्त्रीले पनि पत्रकार सम्मेलन गरी चिम खरिद सार्वजनिक खरिद ऐन अनुरुप नै रहेको प्रष्टिकरण दिएका थिए । उर्जा मन्त्रीले दुई अर्बको लागतमा ४० अर्ब रुपैयाँ जोगाउनका लागि एलइडी चिम खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका थिए । २०० मेगावाट विद्युत् उत्पादन गर्नका लागि हालको बजार मूल्य अनुसार करिब ४७ अर्ब रुपैयाँ लागत आवश्यक पर्दछ । एक एलइडी चिमका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय ६५ रुपैंया तिर्नु पर्ने भनिएको  छ । बजार मूल्य ३५० देखि ४०० रुपैयाँसम्म छ ।

एलइडी चिमको औसत आयु ५० हजार घन्टा रहेको छ । त्यसको तुलनामा सिएफएल चिमको १० हजार घन्टा, ट्युबलाइटको १५ हजार घन्टा र सामान्य बल्बको एक हजार घन्टा आयु रहको बताइन्छ । भारत सरकारले विभिन्न १६ राज्यमा एलइडी बल्ब प्रयोगमा ल्याएको छ । त्यसबाट करिब १० हजार मेगावाट बराबरको ‘पिक लोड’ व्यवस्थापन भएको छ ।

पैसा खाएको भेटिए झुण्डिन तयार छु
पत्रकार सम्मेलनमा निकै भावुक भई प्रस्तुत भएका घिसिङ बोल्दाबोल्दै झन्डै रोएका थिए । उनले भने, ‘मैले लिड चिम ‘बल्ब’बाट नेपाली जनताको पैसा खानुपर्दैन । पैसा खान चाहेको भए, दुई–तीन घन्टा लोडसेडिङ गराइदिए पुग्थ्यो ।’

लिड चिम खरिदमा अनावश्यक विवाद झिकेर नियोजित रूपले आफ्नो चरित्र हत्या गर्ने खेल भएको समेत घिसिङले बताए । घिसिङले आफुहरुले गरेको काममाथि राजनीति गरेर चुनावी मसला बनाउन खोजेको तर्फ समेत संकेत गरे । उनले अगाडि थपे, ‘हामीले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार छु ।’

यस्तै, उनले लिड चिममा आफू वा आफ्नो कार्यदस्ताले पैसा खाएको प्रमाणित भए ‘यो देश छाडेर जान्छु’ भने । आरोपले थकथक भएका घिसिङले अगाडि थपे, ‘लिड चिम खरिदमा म र मेरो टिमको नियतमाथि शंका गरियो । यसबाट चित्त मात्रै दुःखको छैन । चरित्र हत्या भएको छ । यसमा हामीले पैसा खाएको प्रमाणित भए देश छाडेर जान्छु ।’

सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनीबाट २ करोड थान एलइडी (लाइट इमिटिङ डिओड) चिम किन्न दिने निर्णय गरिदिएको थियो । अहिले सो निर्णय विवादमा आएको छ । सरकारले बिना टेण्डर यति ठूलो परिमाणको चिम किन्न लागेको भन्दै केहीले यसमा अनियमितताको शंका गरेका छन् ।

कतिपयले भारतले ३८ भारूमा किनेको बल्ब नेपालले किन ६५ भारूमा किन्न लागेको हो भन्दै प्रश्न गरेका छन् । मन्त्रिपरिषद्को केही दिन अघि बसेको बैठकले एलइडी चिम खरिद गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एलइडी बल्ब प्रयोग भएपछि औद्योगिक क्षेत्रमा रहेको चार घन्टा विद्युतभार कटौती अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिएका छन् । हाल मुलुकभर एक हजार २ सय ५० मेगावाट विद्युतको माग छ । आउँदो हिउँदमा करिब १०० मेगावाट विद्युतको माग थपिने बताइएको छ ।
भारतीय राज्यहरु भन्दा सस्तोमा चिम : ईईएसएल
भारतको ऊर्जा मन्त्रालय अन्तर्गतको इनर्जी इफिसियन्सी लिमिटेड ईईएसएलले आफुले भारतीय राज्यहरुलाई बेचेको मूल्य भन्दा निकै कममा नेपाललाई लिड चिम दिन लागेको बताएको छ । ईईएसएलले  भनेको छ, ‘यहाँका सबै राज्यहरुले किन्ने भन्दा निकै कम मूल्य हो रुपैँया ६५ भारु । यहाँका केही राज्यहरुले तिरेको रकम भन्दा त झन् आधा हो ।’ यद्यपि, प्राधिकरणले मन्त्रिपरिषदबाट निर्णय गराउनु शंकास्पद मानिएको छ । ऊर्जा मन्त्रालयले क्याविनेटबाट भारतीय सरकारी कम्पनी मार्फत् चिम गरिद गर्नु भनि निर्णय गर्नुले भ्रष्टाचारका लागि बाटो खुला गरेको रुपमा लिइएको छ । मन्त्रिपरिषदले निर्णय गर्दा अख्तियार नलाग्ने भएकाले यसो गरिएको हुनसक्ने धरैले अड्कल काटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ