arrow

वरियतामा निधि गच्छदार भन्दा पछि परे

गच्छदार नै सिनियर : निधि

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
bariyeta.JPG

काठमाडौं । कमल थापालाई दोस्रो वरियतामा राखिएपछि रुष्ट भई राजीनामै ठोकेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फेरि पनि तेस्रो वरियतामा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाइटमा प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा गच्छदारलाई राखिएको छ ।

निधि सोमबार मात्रै सरकारमा सहभागि भएका विजयकुमार गच्छदारभन्दा पछि परेका हुन् । गच्छदार मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो वरियतामा छन् । सोमबार सरकारमा सहभागि गच्छदारलाई कमल थापाकै ठाउँमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएकामा वरियतामा पनि निधि भन्दा अघि  राखिएको हो ।

सोमबार गच्छदारसँगै नेपाल लोकतान्त्रिक फोरमका तीन मन्त्रीले सपथ लिए । कमल थापालाई सरकारमा ल्याइएपछि वरियतामा आफूलाई पछाडि राखिएको भन्दै निधिले मन्त्रिपरिषद् बैठक मात्रै वहिष्कार गरेनन्, अन्ततः पदबाटै राजिनामा दिए ।

संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएपछि राप्रपा सरकारबाट बाहिरियो । राप्रपा बाहिरिनासाथ दोस्रो वरियतामा आफु नै पर्ने भएपछि निधि राजीनामा फिर्ता लिएर उही पदमा फर्किए ।

निधिले आफुभन्दा माथि गच्छदार नै रहेको बताएका छन् । उनले भने, ‘म भन्दा मागि गच्छदार नै हो ।’ यस्तै निधिले वरियताको विषयलाई उचालिएकोबारे आक्रोश पोखे । याे कुन् महत्वकाे समाचार हाे र ? निधिले उल्टै प्रतिप्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ