arrow

पुनर्वासको नाका बन्द हुँदा भारतलाई छटपटी, खोल्न भन्दै पठायो पत्र

नाका नखोल्न माग राख्दै स्थानीय द्वारा नेपाली बजार बन्द 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
punarbas_nagarpalika_birodha.jpg

पुनर्बास । दुई महिना अघिदेखि बन्द जिल्लाको दक्षिण भेगको पुनर्बास स्थित आनन्दबजार- बसही नाका पुन: सुचारु गराउन माग राख्दै भारतीय पक्षले पत्राचार गरेको भोलिपल्ट आक्रोशित स्थानीयले बिरोधगर्दै नेपाली बजार बन्द गराएका छन ।

 

गत फागुन २६ मा आनन्दबजारमा भारतीय हस्तक्षेपको बिरोधका क्रममा भएको झडप पछि बन्द हुन पुगेको आनन्दबजार-बसही नाका खोल्न पहलको माग राख्दै भारतीय बजार बसहीका गाउँ पञ्चायतका प्रधान शैलेश कुमारले नेपाललाई पत्र पठाएका थिए । बसहीका प्रधान शैलेशले नाका खोलाउन सहजीकरणका लागि सोमबार पुनर्बास उधोग बाणिज्य संघलाई पत्राचार गरेका छन् । 

 

अराजक तत्वका कारण उन्पन्न बिवाद प्रती खेद ब्यक्त गर्दै नेपाल भारतको सम्बन्ध मा देखिएको तिक्ततालाई मेटाएर आवागमन सुचारु बनाउन पहलको माग गर्दै पत्रलेखेका छन ।तर भारतीय पक्षले आनन्दबजारमा भएको घटनाको  बिषयमा गल्ती स्वीकार नगरी नाका खोल्न दबाब दिएको भन्दै आज मंगलबार आक्रोसित बनेका स्थानीयले पुनर्बास बन्द गराएका हुन । 

 

नाका सुचारु गराउने बिषयको भारतीय पत्रबाट सशंकित बनेका पुनर्बासका स्थानीयले सोको बिरोधमा नेपाली बजार बन्द गराएका हुन । आक्रोसित बनेको स्थानीयको एक समुहले पुनर्बासको बजार बन्द गराई केही बेर ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा समेत प्रदर्शन गरेका थिए । 

 

पुनर्बासको सीमावर्ती भारतीय बजार बसही मार्गमा रहेको आनन्दबजार स्थित काँक्रे नालामा नेपालले बनाउन थालेको कल्भर्ट निर्माणका क्रममा भारतीय पक्षले अबरोध पुगाउदै नेपाली बस्तीमा प्रवेश गरि एसएसबीले तोडफोड गरे पछि भएको झडपले उग्ररुप लिएको थियो । भारतीय प्रहरी र नागरिकले नेपाली बस्तीमै प्रवेश गरी मच्चाएको आतंकको प्रतिकारमा नेपाली उत्रिएका थिए । 

 

गएको फागुन २६ मा भएको झडपमा भारतीय एसएसबीको गोलि प्रहारबाट आनन्दबजारका स्थानीय युवा गोबिन्द गौतमको ज्यान गएको थियो । सीमाको रक्षाका निम्ति ज्यान गुमाएका गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरि राहत उपलब्ध गराइसकेको छ । राष्ट्रका निम्ति ज्यानको आहुती दिने शहीद गोबिन्दको उच्च मुल्यांकन गर्दै नेकपा एमाले,माओवादी केन्द्र,र नेपाली काँग्रेसले सहिदका परिवारलाई नगद साहायता गरेका थिए । उनको सहादतको उच्च मुल्यांकन गर्दै राप्रपाले गोबिन्दको अर्ध कदको शालिक निर्माण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ