arrow

कमल थापालाई जलन, भने–सत्ता स्वार्थ त्याग्नुपर्छ

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
kamal-thapa-new-aa.jpg.jpeg

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका–५ स्थित भैरवटोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बीस वर्षपछि नयाँ संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि लचकताका साथ संविधान संशोधन प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे ।

उहाँले अहिले मुलुकमा बढ्दै गएको राष्ट्रिय सङ्कटलाई शीर्ष दलहरुले आपसी समझदारीको माध्यमबाट आगामी माघभित्रै प्रदेश र सङ्घको निर्वाचन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले आर्थिक समृद्धि र विकास निर्माणमा जनप्रतिनिधिलाई जिम्मेवारबोध गराउन सरकारले प्रशिक्षण दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा केन्द्रीय सदस्य दीपकबहादुर सिंह, सहायक महामन्त्री राजाराम बर्तौला र राप्रपाका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका प्रमुख मधु अधिकारीले संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको निर्वाचन अनिवार्य बताए । सोमबार मात्रै थापाले छोडेका मन्त्रालय नेपाल लोकतान्त्रिक फोरमले पाएको छ । राप्रपा सत्ताबाट बाहिरिएपछि फेरि भित्रिने सम्वाद चलिरहेकै बेला लोकतान्त्रिक फोरमले अवसरको उपयोग गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ