arrow

टोपी लगाएर विद्यार्थीले निकाले र्र्‍याली

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
topi-cap.jpg.jpeg
नारायण खड्का, दाङ। सामाजिक सञ्जालमा एउटा नयाँ दिसवको मनाउन गरिएको आह्वानपछि देशैभरी र संसारका विभिन्न ठाउँमा नेपालीहरुले टोपी लगाएर यस अभियानप्रति  ऐक्यवद्धता जनाएका छन्। सामाजिक सञ्जालमा आह्वान गरिए अनुसार संसारभर अभियान हुने हुनाले यसलाई अन्तराष्ट्रिय अभियानको रुपमा लिइएको हो। अभियानकर्ताहरुले यसलाई अन्तराष्ट्रिय टोपी दिवसको नाम दिएका छन्। कतिपयले यसमा राष्ट्रिय पोशाक समेत थपेका छन्। 
 
यसै अवसर पारि शुत्रवार विहान घोराहीमा र्‍यालि निकालिएको छ । र्‍यालिमा सहभागिहरुले टोपीको गरिमा र नेपालीको सानका वारेमा माइकिङ गर्दै बजारको परिक्रमा गरेका थिए । घोराहीको पदमोदय उच्च माविले निकालेको उक्त र्‍यालिमा टोपीको महत्व दर्शाउने विभिन्न प्लेकार्डहरु पनि वोकिएका थिए। 
 
पछिल्लो समय नेपालको पहिचान टोपीलाई नयाँ पुस्ताले भुल्दै जानु गलत भएको सहभागिहरुले बताएका थिए। र्‍यालिले घोराही बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ