arrow

पक्राउ परेका अधिकारकर्मी २ घण्टापछि मुस्कुराउँदै भए रिहा

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
human-rights.jpg.jpeg
काठमाडौं। भारतीय नाकावन्दी र नेपाल सरकारको संवेदनहीनता विरुद्ध मानव अधिकार तथा शान्ति समाजले शुक्रावार काठमाडौंमा आयोजना गरेको धर्नाबाट प्रहरीले ३५जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई २ घण्टापछि रिहा गरिएको छ। 
 
दिउँसो १ बजे काठमाडौंस्थित भारतीय दुतावास लाजिम्पाट नजिक धर्ना शुरु हुने वित्तिकै प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मीहरु पुष्पा केसी, प्रताप पौडेल, अन्जना अर्याल, दिपक पुडासैनी, रमेश सिंखडा, कृष्णबहादुर रावल, चन्द्रमणी बन्जारा, दिवाकर सिलवाल, रामकृष्ण बराल, यदु खतिवडा, जगन्नाथ पुडासैनी, जयराम पुडासैनी, गोकर्णमणी पुडासैनी,अर्जुन लामिछाने, टेकराज अवस्थी, प्रदीप पौडेल, चित्र रसाईली, ज्ञानहरी ढुंगाना, नानीकाजी गिरी, कोपिला पौडेल, हेमराज चौलागाईं, सोमनाथ आचार्य, हरिभक्त पुडासैनी, बटुकृष्ण ढुंगेल, बद्री पुडासैनी, श्रीकृष्णराज पुडासैनी, राजकुमार शर्मा, इश्वर रिजाल, बि पौडेललाई पक्राउ गरेको थियो भने पक्राउ पश्चात अधिकारकर्मीहरुलाई नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा राखिएको थियो।
 
ठण्डीले नेपाली नागरिक मरिरहेकाछन। अभावले नेपाली नागरिक छटपटाईरहेकाछन्। छिमेकी भारत नेपालमाथि नाकावन्दी गरेर पीडा माथि पीडा वढाईरहेको छ भने नेपाल सरकार राज्यको श्रोत साधनको दुरुपयोग गरेर रमाइरहेको छ भन्ने नेपाली र अंग्रेजी व्यानरसहित प्रदर्शित धर्नामा सहभागिहरुले भारतीय नाकावन्दी र नेपाल सरकारको संवेदनहीनता विरुद्ध नारा पनि लगाएको समाजका सचिव गोविन्द खनालले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ